Advertisement
SKIP THIS

काभ्रे सम्पर्क समितीको बृहत् भेला सम्पन्न


सोल/कोरिया-काभ्रे सम्पर्क समितीको बृहत् भेला  गत फेब्रुअरी ८ तारिक सउलमा सम्पन्न भएको छ। कोरियाबासी काभ्रेलीहरुको उल्लेख्य उपस्थितिमा भएको भेलाले आगामी दिनमा सम्पर्क समितिलाई थप मजबुत तथा प्रवाशी भुमिमा अझै प्रभावकारी बनाउने अबधारणा सहित बृहत् काभ्रेली एकता अभियान संचालन गर्ने भएको छ।

 

संरक्षक मनमहेश भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा समितिको सल्लाहकार,तथा सँस्थामा लामो समय योगदान गर्नुहुने अशोक मैनाली, देब तामाङ,प्रकाश अधिकारी लगायतलाई अतिथिको रुपमा  आमन्त्रण गरिएको थियो। सँस्थाका बर्तमान अध्यक्ष गणेश तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह सचिव नवराज खड्काले  गरेका थिए । कार्यक्रममा सँस्थाले हाल सम्म गरेको प्रगती बिबरण तथा आगामी योजनाको बारेमा बृहत् छलफल तथा अन्तरकृया गर्‍यो।

 

उपस्थित सबैले काभ्रे सम्पर्क समितिले माहाभुकम्प ,सुदिप रावत सहयोग संकलन,जिल्लाका स्वास्थ, शिक्षा, जनचेतना लगायतका क्षेत्रमा गरेको कामको खुलेर प्रशंसा  गरे । सँस्थाको उद्देश्यनै कोरिया बासी काभ्रेलीको दुख सुखमा साथ दिनु र सकेको सहयोग जिल्ला सम्म पुर्‍याउनु हो यहि कार्ययोजनामा केन्द्रीत रहन सस्थाका संरक्षक मन महेश भुजेलले  आग्रह गरे ।

 

सँस्थाका अध्यक्ष गणेश तिमल्सिनाले आर्थिक प्रतिबेदन राख्दै यो बर्ष ३ करोड भन्दा बढी कोरियन वन संस्थाले संकलन र बितरण गरेको जानकारी दिदै, आगामी योजना समेत  प्रस्तुत गरेका थिए ।  सल्लाहकार अशोक मैनाली र देब तामाङ लगायत अन्य बक्ताहरुले सस्थाको उन्नति र प्रगतिको कामना गर्दै आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन बद्द्ता ब्यक्त गरे।

 

उपाध्यक्ष सिताराम तिमल्सिना र सदस्यहरु चेत प्रसाद खरेल, सानूकान्छा वाईवा लगायतले आ-आफ्नो धारणा राख्दै क्षेत्रीय समिती गठन तथा सदस्यता बितरणआदि कुरामा सबैले मिलेर लाग्न जोड दिए। यस अधि बुसान साखा गठन गरेको काभ्रे सम्पर्क समितीले चाँडै कोरियाका अन्य सहर हरुमा समेत क्षेत्रीय समिती गठन र सदस्यता बितरणमा जोड दिनुपर्ने भन्दै कोरियाबासी काभ्रेली हरुलाई एक हुन सस्थाका सचिव गोबिन्द गौतमले अपिल गरे। सोहि अवसरमा नव आगन्तुक साथिहरुको परिचय संगै सँस्थाको रिक्त पदपुर्ती समेत गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...