Advertisement
SKIP THIS

भोजपुर परिवारको चिट्ठा तथा बाबू बोगटीलाई सम्मान कार्यक्रम सम्पन्न


गणेश आले

 

 

सोल – भोजपुर परिवार दक्षिण कोरियाले आयोजना गरेको भाग्यशाली चिट्ठा को नतीजा सार्वजनिक गरेको छ।जस अनुसार प्रथम पुरस्कार सुष्मिता राई चिट्ठा नं ०००४४९ लाई परेको छ।

 
भोजपुर जिल्लाको भूकम्प र वाढि पिडितहरुलाई सहयोग गर्ने उद्देश्यले रकम संकलनको लागी आयोजना गरिएको उक्त भाग्यशाली चिट्ठाको द्वितीय पुरस्कार कमल पुन चिट्ठा नं ००१५८२,तृतीय पुरस्कार जुनु गुरुंग चिट्ठा नं ००२१९९ र सान्तवना पुरस्कार क्रमस मानसिं गुरुंग चिट्ठा नं००१२८८,जोसेव मगर चिट्ठा नं ०००३२३ र अञ्जन श्रेष्ठ चिट्ठा नं ०००९३६ लाई परेको छ।

 
चिट्ठा पर्ने भाग्यशाली महानुभवहरुलाई एक महीना भित्र मा आफ्नो परिचय पत्र र चिट्ठाको अर्द्धकट्टी सहित पुरस्कार दावी गर्न अनुरोध गरेको छ।एक महीना सम्म पुरस्कार दावी नगरीए आयोजक पुरस्कार दिन वाध्य नहुने पनि जनाएको छ।

 
चिट्ठा कार्यक्रम कोरियाको इतिहासमै ऐतिहासिक रुपमा सफल भएको भन्दै संस्थाले टिकट सौजन्य गरिदिनुहुने रविन तामांग र आर्थिक सहयोग गर्नु हुने ओम नारायण जुग्जाली मगरलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।साथै टिकट विक्री वितरण गर्ने र अन्य सवै प्रकारको सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेको छ।विपदमा परेकोहरुलाई सहयोग गर्ने पवित्र उद्देश्यले चिठ्ठा कार्यक्रम आयोजना गरेकोले चिट्ठा किनेर पुण्य काममा सहयोग गरीदिने सवैलाई पनि धन्यवाद ज्ञापन गरेको छ।

 
लक्षित समुदाय सम्म चाडो भन्दा चाडो राहत पुर्याउनु पर्ने भएकोले आर्थिक हिसाव किताव पूरा गर्नको लगी चिट्ठा फिर्ता गर्न वाकी सवै व्यक्ति र संघ सस्थालाइ यथाशक्य चाडो वुझाई दिनको लागी अनुरोध गरेको छ।

 

 

यसै अवसरमा संस्थाले भोजपुरे कलाकार गायक एबं नायक वावु बोगटी लाई सम्मान गरेको छ।डायनामिक मोरंग कमिटिको सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन कोरिया आइपुगेको अवसर पारी बोगटी लाई सम्मान गरेको हो।

 

bc760cd3759148439936585bdf3899da8d2cbb0d773e9b2874dbecdf6e89df76

संस्थाको अध्यक्ष गोविन्द मगरले दोसल्ला ओढ़ाएर सम्मान गर्दै वावु बोगटी राष्ट्रिय स्तरमै ख्याति प्राप्त कलाकार भएकोले वहांलाइ सम्मान गर्नु आफ्नो कर्तव्य र गौरवको विषय भएको वताउनु भयो भने संस्थाको तर्फ वाट मायाको चिनो प्रदान गर्दै सल्लाहकार रविन तामाङले कर्म थलो जो जसले जहाँ-जहाँ वनाए पनि आफ्नो जन्म थलो भुल्न नहुने वताउनु भयो।सम्मान ग्रहण गर्दै कलाकार वोगटीले आफुलाइ भोजपुर परिवारले सम्मान गरेकोमा अत्यन्त हर्षित भएको र आगामी दिनमा कलकारिता क्षेत्र मा अझ राम्रो गर्ने हौशला मिलेको वताउनु भयो।

 
भोजपुरेहरुको उल्लेख्य सहभागितामा सम्पन्न उक्त दुवै कार्यक्रम संस्थाका महासचिव गणेश आले मगरले सञ्चालन गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...