सरकार, युवालाई राष्ट्र निर्माणमा लगाउने नीति बनाउ
घनश्याम गौतम
राज्यको युवा केन्द्रीत ठोस दिर्घकालीन निति नियम र कार्यक्रमको अभाबमा दैनिक हजारौ युवायुवतिहरु रोजगारी र सुनौलो भविष्यको आशामा बिभिन्न देशहरुमा जाने गर्दछन् । इराकमा निर्दोश १२ जना नेपालीको सामुहिक घाटी रेटेर हत्या भए पश्चात सरकारले प्रतिबन्धीत गरेका मुलुकहरूमा समेत अबैधानिक बाटो प्रयोग गरि जोखिमयुक्त काम गरिरहेका छन ।
राजनितिद्वारा नै सम्पूर्ण नीतिहरुको निर्माण हुने गर्दछ । जानेर वा नजानेर कोही पनि राजनितिबाट अछुतो रहन सक्दैन, नेपालको सन्दर्भमा राजनितिक इच्छाशक्ति नै नभएको कारणले अशल राजनेताको उदय हुन सकेको छैन । जसका कारण देशले राजनितिक निकास, राष्ट्रिय बिकास र समृद्धिको बाटो पहिल्याउन सकेको छैन । कुनै पनि देशको बिकास र समृद्धिको लागि राजनितिक स्थायित्व आवश्यक हुन्छ तर नेताहरुमा एकले अर्काको खुट्टा तान्ने प्रबृतिले सरकार बनाउने र गिराउने फोहोरी खेल अनि पारिवारीक समृद्धिकालागि जसरी पनि सत्तामा पुग्ने र भ्रष्टचार गरी धन थुपार्ने काम भइरहेको छ।
०१७ मा राजा महेन्द्रद्वारा गरिएको शाही कु अनि प्रजातन्त्र काल गरिएको ३० बर्से सङ्घर्स करिव १० बर्षमा भइरहने राजनितिक परिवर्तन अनि नेताहरुमा देखिएको बादरको हातमा नरिवलको शैलिले देशलाई अन्धकारमा डुबाइरहेको छ। यति मात्र नभई राजनितिक दलहरुमा बुढो गोरुले गाई रुगे जस्तो नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने मनसाय नै नहुनु र शत्ता लिप्साको लागि जुन सुकै साम-दाम, दण्डभेद र हत्कण्डा अपनाउन पछि नपर्नु अर्को चुनौतिको पहाड बनेको छ ।
अझ दुखद् र आशा गिर्दो कुरा त जुनसुकै पार्टिका युवा नेताहरु नेतृत्वका बिरुद्ध आवाज उठाउनै नसक्नु र कुनै युवा नेतामापनि राजनेताको भाव नझल्कनु आउदो पिढिले पनि अन्धकारमै रुमलिनु पर्ने बाध्यताको संकेत देखिन्छ । आत्मीय परिवार, समाज र सुनौलो शुन्दर प्रकृतिले हराभरा नेपाललाई चट्क्कै छाडेर प्रकृति बिरुप खाडी लगाएत देशमा जाने कतिपयले त्यो बिरुप देशमै बाकसमा प्याक भएर परिवारको लागि सधै पिडा बनिरहेका छन् । त्यस्तो परिवारको पिडाको घाउमा राज्यले मलम पट्टी लगाउन सकेको छैन् । राज्य निर्माणमा शारीरिक तथा मानसिक शक्तिका हिसाबले युवाहरू गहना हुन् तर युवाहरूको उचित प्रयोग नगरेर अरुको देशको विकासमा सघाएर हँसाईरहेको छ भने नेपाल आमालाई धरधरी रुवाइरहेको छ।
जति आलोचना गरेर पनि कम हुने चरम भ्रष्ट प्रशासन सयन्त्र, कालो बजारी यब्यापारीहरुद्वारा संचालित र संरक्षित राजनितिक दल र नेताहरुको जन्जीरबाट मुक्त भई सुशासन समृद्धी र आर्थिक क्रान्तिको लागि यथासक्य सैन्य क्षेत्र वा जताबाट भए पनि जंगबहादुरको उदय हुनुपर्ने र सिमित समयमा निर्वाचन गरि प्रजातान्त्रिक सरकारलाई शत्ता सुम्पनुपर्ने आबस्यक छ ।
दक्षिण एशियाको तेश्रो र बिश्वकै १५ औ भ्रष्ट मुलुकमा निवासित हामी विकास र समृद्धिको आशमा बाँच्नु भनेको आकाशको फल आँखातरी मर् सरहनै हुने देखिन्छ। फलामे ढोका मानिने एसएलसी पार गरि बार्षिक लाखौ युवा बेरोजगारी बजारमा उपस्थित् हुन्छन् तर पढाईलाई ठूलो मान्दै रिन-पन गरि स्नातक, स्नातकोत्तर गर्दै गर्दा वा गरिसकेपछि तिनिहरु मेनपावर, एअरपोर्ट र बिदेशमा भेटिन्छन् । अनि उनिहरुलाई सोध्यो भने भन्छन् – बेलैमा बिदेश आउनुपर्ने रहेछ, पढेर समय खेर फालेछु गल्ति पो गरिएछ भन्नेहरुको जमात ठुलै छ विदेशि बजारमा। नेपालीहरुको जमघटमा यस्ता कुराहरूमा राम्रै बहस हुन्छ। उता सिरानिमा राख्न बनाइएको शैक्षिक योग्यताको सर्टिफ़िकेट माथि मुसा र साङ्लाले सामुहिक हमला गरिरहेका हुन्छन्। लेखक पनि त्यसको नमूना पात्र नै हुनु परेको छ।
यति हुँदाहुदै पनि कठोर शारीरिक, मानसिक र जोखिम युक्त रुपमा कमाएको केही पैसाले देशमा फर्केर केही पेशा ब्यवसाय गरौ न त भने त्यो अवस्था नै छैन र हुदैन पनि। फेरी रुदै – रुदै बिदेश नै फर्कनु पर्ने अवस्था छ। अनि कुनै मित्रले फेरि किन बिदेश आयौं भनेर सोद्धा आन्तरिक रोदन सहित उत्तर आउछ देशमा खासै केही गर्ने अवस्था नै छैन्। यो उनीहरुको दोस्रो तेस्रो पटकको बिदेश फर्काए वा देश परिबर्त नगरेको अबस्था हुन्छ । तसर्थ, रेमिटेन्सले धानिएको राज्यले अझै पनि युवाहरुलाई बिदेश पलायन हुन उद्देलित पार्नु भन्दा ज्ञान, शिप र अनुशासनले पोख्त बिदेशिएका युवा जनशक्तिलाई देशमा फर्केर मातृभूमिको सेवा गर्ने र राष्ट्र निर्माणमा योगदान गर्ने नीति सरकारले बनाउनुपर्छ |
ओखलढुंगा
हाल दक्षिण कोरिया