Advertisement
SKIP THIS

नेपाल मगर सङ्घ कोरियाले एकिकृत सृजनशिल अनाथालय नेपालका बालबालिकालाई एक लाख रुपैयाँ सहयोग गर्दै


सौल – सुब्बा राना मगर

नेपाल मगर सङ्घ दक्षिण कोरियाले यहि २०१६  जनवरी १७  तारिख आइतबारको दिन मगर जातीको महान पर्व मगर- माघेसक्रान्ती भब्य रुपमा मनाउने भएको छ । “चाड पर्व कानुङ्ग सम्पटी जिबाक्के परिस्ले माराकिङ्ग बिकृटी” अर्थात् चाड पर्व हाम्रो सम्पती यसलाइ बिकृती नभित्र्याइ निरन्तरता दिई राख्नुपर्छ भन्ने मुल मन्त्रका साथ नेपालबाट विशेष अतिथि कलाकार चर्चित दोहोरी गायिका अमृता लुङ्गेली मगरलाई  निमन्त्रणा गरि उक्त कार्यक्रम आयोजना गरिएको कुरा नेपाल मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरले  जानकारी दिएका छन् |उक्त  कार्यक्रमको अबसरमा नेपाल मगर सङ्घले आयोजना गरेको परदेशी चलचित्र प्रदर्शन कार्यक्रमको उद्धेश्य अनुरुप एकीकृत सृजनशिल अनाथालय दक्षिण कोरियाको मध्यस्थतामा नेपालमा रहेको सृजनशील अनाथालय समाजका बालबालिकाहरुलाइ  नेपाली रु. १,००,००० (अक्षयरुपी एकलाख रुपैयाँ) सहयोग गर्ने भएको छ । मगर सङ्घ कोरियाले केही समय अघि मात्र आदिबासी महासङ्घ कोरियाको माध्यमबाट नेपालको दुर्गम जिल्ला डोल्पाका सिमान्तकृत बालबालिका लाई (१०)  दस लाख कोरियन वोन सहयोग गरेको थियो । यस्ता समाजिक कार्यमा नेपाल मगर सङ्घ कोरियाको सहयोग निरन्तर रहने कुरा संघका उपाध्यक्ष बिक्रम राना मगरले  जानकारी दिनु भएको छ ।srijanshil anathalaya ko balbalikaharu

माघे सक्रान्ती, खासगरी यो पर्व हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुशीयालीका साथ बाँच्न पाउने परिकल्पना सहित हराभरा उभेउली जीवनमा प्रवेश गरेको खुशीयाली एवम् उत्सवको रुपमा माघे संक्रान्ति मनाइन्छ । यस चार्डमा खासगरी धनुष  वाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु बनाइ खाने, सेल रोटी,मासको बारा (बट्टुक), मासको दाल भात घ्यु र नून एकै ठाउँमा पकाइ खिचडी बनाउने, खिचडी पितृ पिण्डो दिने, छोरी चेलीबेटी, इष्टमित्रहरुलाई बोलाउने र मिठो चोखो खाने परम्परा छ ।

उक्त कार्यक्रमका संयोजक नेपाल मगर संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष हिक्मत पुलामी मगरका  अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पुर्ण भएको जानकारी दिएका छन् । नेपाल मगर सङ्घ कोरियाका संरक्षक अप्त पुनमगरले कोरियामा रहनु भएका सम्पुर्ण मगर तथा गैर मगर दाजुभाइ तथा दिदी बहिनीहरुलाइ उक्त विशेष पर्वमा उपस्थित भइ कार्यक्रमको विशेष मगर खानपिन र मगर कला सँस्कृतीको भरपुर मनोरञ्जन  लिइ शोभा बढाइ दिनुहुन हार्दिक अनुरोध गर्नु भएको छ ।

कार्यक्रम हुने स्थान : चुङ्नोगु अफिस हल ट्रेन ५ नम्बर लाइनको ख्वाङ्गह्वामुन स्टेशनको २ नम्बर गेट ( पैदल १  मिनेट मात्र )

मिती : २०१६  जनवरी १७ तारिख आइतबार समय: दिनको ठिक ११  बजेबाट ५  बजे सम्म ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...