ईपिएस कामदारलाई मेरो ८ सुझाव


विगत तीन बर्ष देखि श्रम सहचारीको रुपमा नेपाली राजदूतावास, दक्षिण कोरियामा कार्यरत छु । दुई बर्षे मेरो कार्यकालमा मलाई प्रायः कोरियामा रहेका नेपाली कामदारहरुले सोध्ने प्रश्नहरु र तिनको जवाफहरुलाई समेटेर यहां प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यो लेख दक्षिण कोरियामा रहेका खासगरि ईपीएसमार्फत आएर यहाँ रोजगार गरिरहेका सबैलाई लाभदायक हुनेछ ।

 

 

१.मेरो नाममा नेपालमा घर जग्गा छ । त्यो घर जग्गा म बेच्न चाहन्छु तर अहिले म नेपाल जान सक्दिन, के गर्ने ?

 

 

आफनो नाममा भएको घर जग्गा बेचबिखन वा नामसारी गरी दिन वा हक भोग अरुलाई दिन आफू जान नसकेको खण्डमा अधिकृत वारेशनामाको माध्यमबाट बेचबिखन गर्न सकिन्छ । यस्तो अधिकृत वारेशनामा नेपालबाट मगाई, आफूले राजदूतावासमा उपस्थित भई,  सहिछाप गरी , प्रमाणित गराई पठाएमा आफू नगए पनि गए सरह काम गर्छ । यस्तो वारेशनामा कानूनले वारेश हुन मिल्ने जो कोहीलाई पनि दिई, उबाट कार्य सम्पन्न् गर्न सकिन्छ ।

 

 

२. म आफनो सेवा अवधि सकेर नेपाल फर्कदै छु ।  म फर्कने दिन रातो विदा पर्छ, एयरपोर्टमा थेजिकमको पैसा बुझ्ने काउण्टर बन्द हुन्छ कि हुदैन ?

 

 

विदाका दिन पनि एयरपोर्टका थेजिकम बुझ्ने काउटर खुला हुन्छन् ।

 

 

३. म कोरियामा ४ बर्ष १० महिना पुरा गरेर स्वदेश फर्कदै छु । म फेरी कोरिया आउन के गर्नु पर्ला ?

 

 

कोरियामा ३ बर्ष काम गरेपछि पनि पुनः १ बर्ष १० महिनाको करार अवधि थप भई, आफनो करार सकिनु अगावै स्वदेश फर्कने कामदारले सि.बि.टि. परीक्षा ( कम्प्युटरमा आधारित परीक्षा) उत्तिर्ण गरेर पुन कोरिया आउन सक्दछन् । यसरी कोरिया आउन चाहने कामदारको उमेर ३९ बर्ष ननाघेको हुनु पर्छ । तर कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गरेको कामदार भए, रोजगारदाताले चाहेमा committed worker को रुपमा करार अवधि समाप्त हुनु अघि स्वदेश फर्केमा यसरी स्वदेश फर्केको ३ महिना पछि पुनः कोरियामा कामदारको रुपमा (सोही कम्पनीमा) प्रवेश गर्न सक्दछन् । यसरी committed worker आउने कामदारलाई उमेरको हद लाग्दैन तथा उसले भाषा परीक्षा पनि दिनु पर्दैन् ।

 

 

४. मैले साहुबाट लेटर लिएर कम्पनी परिवर्तन गर्न पाउने अवधि तीन महिना भित्र स्वदेश (नेपाल) विदामा जान चाहन्छु, मैले के गर्नु पर्ला ?

 

 

कम्पनी परिवर्तनको अनुमति रोजगार सेवा केन्द्र  ( नोदङबु ) बाट प्राप्त गरेको कामदार स्वदेश विदामा जान चाहने कामदारले आफू स्वदेश कति अवधिको लागि जाने हो ,सो कुराको जानकारी रोजगार सेवा केन्द« ( नोर्दम्बु) मा गराई सो अवधिमा आफूलाई मेसेज नपठाउनु होला भनि अनुरोध गर्ने । स्वदेश विदामा जांदा अनिवार्य रुपमा रोजगार सेवा केन्द्र  ( नोदङबु ) बाट प्राप्त अनुमति पत्र लिएर जाने तथा फर्केर आउंदा साथै लिएर आउने । अध्यागमनले सोधपुछ गरेमा सो अनुमतिपत्र देखाउने ।

 

 

५. बिदामा घर जांदा मैले नेपालमा श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ?

 

 

आफूले यसअघि कोरिया प्रवेश गर्दा श्रम स्वीकृति ५ बर्षको लिएको छ भने बिदामा घर जांदा श्रम स्वीकृति लिनु पर्दैन । तर ३ बर्षको लिएको हो भने पुनः श्रम स्वीकृति लिनु पर्छ । आफनो श्रम स्वीकृति कति बर्षको छ भनेर जान्नका लागि आफनो राहदानीको पछिल्लो पानामा टांस गरिएको श्रम स्टीकर हेर्नु हुन मेरो सुझाव छ ।

 

सामान्यतः २०१२ नोबेम्बर पछि  कोरियामा रोजागारीका लागि आउनु भएकाहरुको श्रम स्वीकृति ५ बर्षको रहेको छ । कोरियामा रोजगार गर्नेहरुले श्रम स्वीकृति लिनका लागि ई.पि.एस.शाखा ग्र्वाकोमा सम्पर्क राख्नुपर्छ |

६. मेरो राहदानी हस्तलिखित छ, मैले बिदामा घर जाने बिचार गरेको छु के गर्ने ?

 

 

हस्तलिखित राहदानीको अन्तिम म्याद २४ नोबेम्बर २०१५ सम्म मात्र थियो ।  कोरियामा राहदानी बनेर आउनका लागि करीब २  महिना सम्म  लाग्ने गरेको छ । ६ महिना भन्दा कम अवधि म्याद भएको राहदानीमा भिसा लगाउन पनि मिल्दैन तसर्थ यथाशक्य चांडो मेसिन रिडेबल राहदानी बनाउनु होला ।

 

 

 

७  स्वदेश फर्कने दिन विमानस्थलबाट बीमा रकम लिन के गर्नु पर्छ ?

 

 

(बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने बेलामा विमानस्थलबाट भुक्तानी लिने भनेर उल्लेख गरेर आवेदन गर्ने । बिमा कम्पनीबाट सो सम्बन्धी कागजात अर्थात् बिमा रकम भुक्तानी प्रमाण उपलब्ध हुन्छ । उक्त प्रमाण सुरक्षित राख्ने ।

 

 

(स्वदेश फर्कने दिन पासपोर्ट(राहदानी),हवाई जहाजको टिकट, बिमा कम्पनीबाट प्राप्त बिमा रकम भुक्तानी प्रमाण विमानस्थलमा रहेको सम्बन्धित बैकमा पेश गर्ने । सम्बन्धित बैंकले जांच गरी सके पछि रकम भुक्तानीको लागि सटही आदेश पत्र (चेक) उपलब्ध गराउने छ ।  अध्यागमनको जांचबुझ शाखा पार गरेपछि डियुटी फ्रि (करमुक्त पसल) नजिकै रहेको मुद्रा  सटही काउण्टरमा गई बैंकले दिएको सटही आदेश पत्र (चेक) बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद्रा  रकम प्राप्त गर्न सक्नेछन् । बुझाएपछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद्रामा रकम प्राप्त गर्न सक्नेछन् ।

 

८.कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले बीमा रकम कसरी प्राप्त गर्ने ?

 

 

कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले आफनो देश फर्केपछि ई.पि.एस. (हाल ग्वार्को ललितपुरमा) शाखामा निवेदन दिएर बिदेशी मुद्रा  प्राप्त गर्न मिल्ने खाताको माध्यमबाट रकम प्राप्त गर्न सकिन्छ । (यस पटक नियम परिवर्तन गरी बिमा रकम भुक्तानी अवधि समाप्तिलाई २ बर्षबाट बढाएर ३ बर्ष बनाईएको छ ।

                                    लेखक सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी हुन् |

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...