कसरी आउँछ कालो बजारमा दैनिक २६ करोडको तेल?


सोल/कोरिया -भारतीय नाकाबन्दीपछि अधिकांश पेट्रोल पम्प बन्द छन्। निजी सवारी साधनले तेल पाउन छाडेको धेरै भइसक्यो। तर काठमाडौंका सडकमा ट्राफिक जाम हुनेगरी गाडी चलिरहेका छन्। कहाँबाट आइरहेछ कालोबजारमा तेल? मदन ठाकुरको अनुसन्धानमूलक रिपोर्ट:

 

पर्सा (ठोरी)– ‘तेल र ग्यास चाहिएको छ? यदि चाहिएको छ भने ढिलो नगरी ठोरी जानुस्’, तनहुँका दिलबहादुर गिरी यही सुनेर ग्यास र डिजेल लिन पर्साकाे ठोरी नाका पुगे।

 

मधेसी मोर्चाको आन्दोलन र भारतले गरेको नाकाबन्दीले इन्धन, ग्यास लगायतका अत्यावश्यक वस्तुको अभाव भइरहेका बेला गिरीलाई गाउँकै छिमेकी र सञ्चार माध्यमबाट ठोरी नाका बन्द नभएको सुने। चाहिने जति सामान पाइन्छ भन्ने सुनेपछि गिरी ठोरी पुगेका थिए। कस्ताे रहेछ त स्थिति? ‘जे सुनेका थिएँ, ठोरीमा त्यही पाएँ’, उनले सुनाए।

tel

 

 

नाकाबन्दीपछि नेपाली चुल्हो यही नाकाबाट बलिरहेको उनकाे अनुमान छ। खाना पकाउन, साना सवारी साधन चलाउन निकै गाह्रो भइरहँदा साथीभाइले नै ठोरीबाट ल्याउन सल्लाह दिएपछि तनहुबाट मंगलबार गाउँकै ७ जना मिलेर २० हजारमा मिनी ट्रक भाडामा लिएर गिरीसहित ठोरी आएका थिए।

‘हामी सातै जना ग्यास, डिजेल र पेट्रोल भाडा गरेका गाडी भरी नै राखेर जाँदै छौं,’ उनले भने,’ नाका बन्दीले हाम्रो जन जीवन अस्त व्यस्त बनेको थियो। महँगो भएपनि यहाँ आउँदा सबै थोक किन्न पाउदा खुशी लाग्याे।’

तनहुँका गिरी त उदाहरण मात्र हुन्। इन्धन र ग्यास खोज्ने उनी जस्तै धेरै सर्वसाधारणदेखि व्यापारीसम्म आफैँ ठोरी पुग्ने गरेका छन्। पर्सा सदरमुकाम बीरगन्जबाट झण्डै ७० किलोमिटर पश्चिम उत्तरी भोगमा पर्ने ठोरी नाकामा भारतीयहरुले नै अवैध रुपमा दैनिक लाखौं लिटर इन्धन बेचिरहेका छन्।

thori

अबैध रुपमा ग्यास लोड गरी लैजादै

छिमेकी बजार भिखनाठोरी नाका भएर अवैध रूपमा भित्रिरहेको इन्धनले राजधानीलगायत देशका अन्य शहरलाई नाकाबन्दीमा राहत दिइरहेको छ। पर्साको ठोरी र बिहार राज्यको पश्चिमी चम्पारणको बेतियास्थित भिखना ठोरीमा दुई महिनादेखि तेलको मेला नै लाग्दै अाएकाे छ। ठोरी गाविसमा पर्ने ठुटे खोलाको पश्चिमी डिलमा रहेको चौतारामा २४ सै घण्टा तरकारी बिक्री गर्ने हाटबजार जस्तै डिजेल, पेट्रोल र ग्यास खरिद बिक्री गर्न मान्छेहरूकाे भिड लाग्छ। नाकाबन्दीकाे याे चरम समस्यामा धेरै मान्छेहरूले वीरगञ्जबाट ७० किलोमिटर पश्चिम र उत्तरमा पर्ने एवं चितवनको नारायणगढबाट ८५ किलोमिटर पूर्व दक्षिणमा रहेको ठाेरीलाइ ‘तेलकाे स्वर्ग’ भन्न थालेका छन्।

ठोरी गाविस– ७ मा स्थित सो सीमावर्ती बजारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, छोटी भन्सार कार्यालयको अगाडि नै कालो बजारमा पेट्रोलिम पदार्थको मोलमोलाइ हुन्छ। कालो कारोबारका विक्रेता अधिकांश भारतीय नागरिक हुने गर्छन्। तिनका ग्राहक एवं संरक्षणकर्ता भने नेपाली हुन्। एक किलोमिटरको दुरीमा भए पनि यता र उताको भाषा संस्कृति, लवाइखवाइ निकै फरक देखिन्छ। अरू कुरामा धेरै भिन्नता देखिए पनि काराेबारकाे कुरामा उनीहरूकाे स्वर एउटै सुनिन्छ।

 

प्रत्येक घरमा अस्थाई पेट्रोलपम्प
ठोरीमा सीमापारिका भारतीय व्यक्तिले ल्याएको इन्धन किन्न नेपालको राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सिन्धुपालचोक, काभ्रे, धादिङ, बागलुङ, गुल्मी, पोखरा, तनहु, चितवन, हेटौडालगायतका विभिन्न जिल्लाबाट सवारी साधन रिजर्भ गराएर आएको भेटियो।

पूर्व पश्चिम राजमार्गबाट झण्डै २० किलोमिटर दक्षिण गण्डक नहरको बाटैबाट सुवर्णपुरहुँदै ठोरी जाँदै गर्दा निर्मलबस्ती, विजयपुर, ब्रम्हस्थानमा रहेका प्रत्येक घरघरमा अस्थायी पम्प सञ्चालनमा रहेको देखियो। ती घरहरुमा भारतीय भरिया तेल र ग्यास पुर्याउन आइरहेका थिए। तेल र ग्यास किन्न आएका नेपालीहरुको भीड देखिन्थ्यो।

टुटे खोलाको वारिपट्टी भिखना ठोरीमा रहेको भारतीय सुरक्षाकर्मी एसएसबीको चेक प्वाइन्ट छ। तेल कारोबार गर्नेले उनीहरुसँग डराउनु पर्दैन। यहाँबाट हुने तस्करीको मुख्य संरक्षक नै भारतीय सीमा सुरक्षा बल हो।

भारतको जमुनिया पम्पबाट तेल ल्याएर ठोरीमा बिक्री गर्ने गरेको भारत खरठाका भुपेन्द्र चौधरी बताउँछन। ‘यहाँ कारोबार सुरु गरेपछि हामीले सबैलाई खुशी पार्नु पर्छ,’ उनी भन्छन्, ‘एसएसबी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायतका निकाय सबै निकायलाई मिलाएर कारोबार गर्छौं। ‘
thori
सीमावर्ती भारतको जमुनिया, नरकटियागंजका पेट्रल पम्पबाट ठोरीमा मुख्य रुपमा तेल आउने गर्दछ। ती स्थानबाट दैनिक करिब डेढ लाख लिटर तेल नेपाल भित्रिने गरेको उनले सुनाए। अहिले ठोरी आसपास भारतीय गाउँका अधिकांश बासिन्दाको मुख्य पेशा नै तेल तेलको ओसारपसार भएको छ। भारत खराटा गाविसका भुपेन्द्र चौधरीले भिखनाठोरी नाकाबाट नेपालमा सहजै प्रवेश गरी एक जनाले दैनिक रुपमा कम्तिमा पाँच सय लिटरसम्म बिक्री गर्ने गरेको बताउँदै यस्ता कारोवारमा सयौं व्यक्ति लागेको र त्यतिकै नेपालीले खरिद गर्ने गरेको सुनाए।

कालो कारोबारको केन्द्रस्थल बनेको ठोरी स्थित छोटी भन्सार कार्यालयमा प्रवेश गर्दा सरकारी कर्मचारी जस्तो देखिने एक व्यक्ति अर्का व्यक्तिलाई थर्काउँदै थिए– ‘एसपीको मान्छे होस् वा अरु कोही अब उप्रान्त त्यसै जान दिन्नौं।’

मैले सधेँ, ‘तपाइँको शुभ नाम के हो? किन यसरी थर्काउँदै हुनुहुन्छ?

‘के काम छ चाँडै भन्नुस मेरो फुर्सद छैन’, उनले दायाँबायाँ नसोधी जवाफ दिए।

केही छिनपछि परिचय खुलाए। उनी नेपाल सरकार, भन्सार कार्यालयको सहायक स्तरको कर्मचारी लक्ष्मी निरौला रहेछन्।

‘तपाइँको अगाडि तस्करीको इन्धन, ग्यास र सामानहरु यत्रो कालोबजारी भइरहेको छ। केही गर्न सक्नुहुन्न?’

‘हामी के गर्न सक्छौं र यहाँको संसार फरक छ’, उनले निर्लज्जपूर्वक जवाफ दिए।

छोटी भन्सारसँगैसशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा रहेको छ। सशस्त्रले ठोरी आउने हरेक चारपांग्रे सवारी साधन अनिवार्य रुपमा दर्ता गर्छ। त्यहाँ दर्ता भएका सवारी साधनको तथ्यांकले दैनिक रुपमा डेढ लाख लिटर भन्दा बढी तेल र ग्यासको कारोवार भएको देखाउँछ। मोटरसाइकलबाट हुने कारोबार यसमा सामेल छैन। जब कि दिनभरीमा हजारौं मोटरसाइकलमा तेलको कारोबार गरिरहेका भेटिन्छन्।
ठोरीमा पेट्रोल प्रतिलिटर १७५ मा पाइन्छ। डेढ लाख लिटर भित्रिएको स्थलगत हिसाबअनुसार दैनिक २६ करोड रुपैयाँको तेल कालो बजारमा आइरहेको छ। राजधानी पुग्दा पेट्रोल प्रतिलिटर ३०० देखि ५०० रुपैयाँसम्म पुग्ने व्यापारी बताउँछन्। यसर्थ यहाँबाट कालो बजारमा जाने इन्धनको बजार मूल्य दैनिक करिब ५० करोड रुपैयाँ हुनेगर्छ। (नागरिक न्युज बाट)

भिडियो https://youtu.be/EbNDBcnjVm8

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...