एमटियुको अन्तरकृया तथा चियापान कार्यक्रम सम्पन्


सोल – प्रवासी मजदुर संङ्घ ( एमटियु ) कोरिया र कोरियन प्रजातान्त्रीक मजदुर महासंङ्घ (केसिटियु) को संयुक्त आयोजनामा भएको अन्तरकृया तथा चियापान कार्यक्रम “प्रवासी मजदुरहरुको समस्या समाधानमा मजदुर स्वंयमको भूमिका ” बिषयक कार्यक्रम सोलको फुल्ग्वाङस्थित एमटियु हलमा आईतबार सम्पन्न भएको हो ।

 

 

बिभिन्न १५ मूलुका हरुबाट श्रम गर्न भित्रीएका लाखौं श्रमिक तथा मजदुर हरु दक्षिण कोरियामा कार्यरत रहेका छन ।यसरी ठूलो संख्यामा रहेका मजदुर हरु कुनै न कुनै प्रकारले श्रम -शोषण , यौन -शोषण ,साथै शारिरीक तथा मानसिक यातनाको शिकारमा पर्ने गरेको पाइन्छ ।
मजदुरहरुका यस्ता बिभिन्न समस्याहरु र मजदुरका लागि अहित हुने खराब नीती नियमको बिरुद्धमा निरन्तर आवाज उठाइ सरकारलाई सन २००५ देखिनै दवाब दिँदै एमटियु कोरियाले बुँलन्द आवाज उठाईरहेको छ ।

 

 
एमटियुले गरेको अन्तरकृया कार्यक्रमका प्रमुख अतिथी केसिटियुका ब रिष्ठ उपाध्यक्ष ” किम जोङ इन ” ले बक्तब्यको क्रममा ” दक्षिण कोरिया सरकारले प्रवासी मजदुर हरुप्रती बिभेदको नीती लादेर सम्पुर्ण अधिकार कम्पनी मालिकको एकलौटी जिम्मामा छोडिदिएकै कारण मजदुरहरुले ठूलो शोषण सामना गर्नु परेको बताएका हुन । ” तसर्थ समस्याको जड कोरियन सरकार भएको कारण सम्पूर्ण प्रवासी मजदुरहरु एक भइ खराब नीतिको बिरोधमा नउत्रीए सम्म यस्तो समस्या अन्त्य नहुने बताए ।

 
अन्तरकृयाको औपचारिक कार्यक्रमका अतिथिहरु नेफेसो कोरियाका कार्यबाहक अध्यक्ष देवराज स्याङ्तेन , नेफिन कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान लगायतका सवै अतिथिहरुले मजदुरहरु एक भएर नउठेसम्म मजदुर समस्या किनारा नलाग्ने भन्दै प्रवासी मजदुरहरु नराम्रा सरकारी नीतिको बिरोधमा एक भइ लाग्नुपर्ने बताएका थिए ।

 

 

 

12277137_767489080061589_1381320750_n

 

 
बिभिन्न स्थानहरुबाट कार्यक्रममा उपस्थित भएका प्रवासी मजदुरहरुले पनि आफूले भोगेका समस्या ,कम्पनीबाट पाउने तनाब ,तथा आफ्नै राष्ट्रका साथीभाइबाटै स्वयंम हेपिनुपर्ने जस्ता समस्याहरु भोग्नु परेको बताएका थिए । यस्ता समस्याहरुबाट नै पीडित भएर नेपाली मजदुरहरुको आत्महत्याको संख्या दिनानुदिन दक्षिण कोरियामा बढिरहेको समेत अन्तरकृयामा धेरै जसो महदुरहरुले आफ्नो बिचार ,अनुभव राख्ने क्रममा बताएका थिए ।

 

औपचारिक कार्यक्रमका सभापतित्व गरेका एमटियुका अध्यक्ष उदय राईले कार्यक्रमको समापनको क्रममा , मजदुर नीती , नियम भित्रको नराम्रो नीतीहरु र त्यसको समाधानका बिषयमा विभिन्न बुँदाहरु प्रस्तुत गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने , औपचारिक कार्यक्रम संचालन एमटियुका ओसान कमिटी सचिव रोशन राईले गरेका थिए ।

 
फुल्ग्वाङस्थित एमटियु हलमा दिनको २ बजे सुरु भएको कार्यक्रम ५ बजेसम्म चलेको थियो भने औपचारिक कार्यक्रम समापन पश्चात दिपावली बिषेश अवसर परेकोले एमटियु कोरियाले ब्यबस्थापन गरेको सेलरोटी साथै बिभिन्न परिकारहरुको रस्वादन पछी प्रवासी मजदुरहरु आ-आफ्नो गन्तब्य प्रस्थान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...