किम्हेमा दशैं विशेष कार्यक्रम गरिदै


किम्हे , नेपालीहरूको धेरै जमघट भइरहने किम्हे शहरमा भब्यरुपमा दशैं कार्यक्रम गरीने भएको छ। यस पटकको कार्यक्रम विशेष किसीमको हुने भएको छ। प्रतेक बर्ष गरिने दशैं कार्यक्रम अक्टोवर २५ आईतबार ठिक १ बजेबाट शुरूहुने भएको छ।

किम्हे बस टर्मीनल नजिकै रहेको ( पहिला पनी नेपालीहरूले कार्यक्रम गरिरहने) मुन्हावन हलमा हुने सो कार्यक्रम किम्हे माईग्रेण्ट हाउस दशैं कार्यक्रम आयोजक कमिटीले गर्ने भएको हो। अशोक पोख्रेलको संयोजकत्वमा बनेको आयोजक तयारी समिती विभिन्न उपसमितीमा विभाजन गरेर कामको बाँडफाँड गरिएको छ।  जस अन्तर्गत साँस्कृतिक कार्यक्रम तयारी समिती( कलाकार ब्यबस्थापन) चन्द्र तामाङ संयोजक, खाना तयारी समिती संयोजक रमेश नेउपाने, टिका- जमरा,हल बुकिङ आदीको संयोजक के पी चौलागाईं, संघ- संस्था संयोजक भुवन बस्नेत,प्रचार- प्रसार ईश्वर न्यौपाने,स्वयंसेवक संयोजक सुभास लामा, पञ्चेबाजा साथै मगर नृत्य संयोजक राजकुमार आले, राई साकेला नृत्य संयोजक मिलन राई, कार्यक्रम सञ्चालक साथै अन्य ब्यबस्थापन संयोजक अनिस गुरूङ् आदी रहेकाछन्।

विदेशी भुमीमा नेपाली संस्कृती र पर्वलाई मनाउने सन्दर्भमा यो दशैं विशेष कार्यक्रम गरींदै आएको छ। यसपालीको दशैं विशेष कार्यक्रममा नेपाली पञ्चेबाजाको नृत्य, मगर समुदायको नृत्य, राई समुदायको साकेला नृत्य, सण्डे ईभिनिङ ब्याण्ड लगायत स्थानीय कलाकारहरूको वेजोड प्रस्तुती रहने भएको छ। जमरा अनि टिका लगाउने साथै खशीको मासु, सेलरोटी अनि पुलाउको स्वादले नेपालीहरूको ठुलो चार्ड दशैंको झल्को अबश्य दिने देखीन्छ।

किम्हे माईग्रेण्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदी, किम्हे माईग्रेण्ट हाउस खेलकुद समितीका संरक्षक, समाजसेवी के वि पुनबाट कलाकार लगायत सबै नेपालीहरूलाई सहभागी भइ कार्यक्रमलाई सभ्य अनि भब्य बनाउन अनुरोध समेत गरिएको छ। विदेशी भुमीमा नेपालको परिचय दिने यो दशैं विशेष कार्यक्रम सफल बनोस्,सभ्य बनोस् अनि भब्य बनोस् यही छ कामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...