नेपाल मगर संघ कोरियाद्वारा मगर कल्याणकारी सहयोग कोषको स्थापना


 

सुब्बा राना मगर

 

 

सोल – नेपाल मगर संघ दक्षिण कोरियाले दक्षिण कोरियामा रहेका सम्पूर्ण मगरहरुको लागी दीर्घकालिन सहयोगार्थ “मगर कल्याणकारी सहयोग कोष” को स्थापना गरेको छ |
नेपालबाट विभिन्न पेशा, ब्यबसाय अथवा अन्य प्रायोजनको लागी दक्षिण कोरियामा प्रवेश गर्नु भएका सम्पूर्ण मगर दाजुभाइ तथा दिदिबहिनीहरु बीच एकताबोध गराई हरेक शुख दुखमा हातोमालो गर्दै अघि बढ्नको निम्ति अभियान चलाइएको संस्थाले जनाएको छ |

 

बिशेषत: प्रबासमा हुने दैनिक दुर्घटना(कलकारखाना, सवारी), बिरामी, मृत्यु, बेरोजगारी, भाषिक समस्या, मानसिक दुर्बलता आत्माहत्या जस्ता समस्याहरुको निराकरणको हेतुले नेपाल मगर संघ दक्षिण कोरियाले यस मगर कल्याणकारी सहयोग कोषको लागी ब्यापक पहल गर्दै नेपाल मगर संघ कोरिया संग सम्बन्धित गैर–मगर कलाकार, खेलाडी तथा व्यक्ति-बिशेषहरुलाई समेत सम्मानार्थ सदस्यता प्रदान गरि मगर सरह समान सेवा सुबिधा प्रदान गर्ने निर्णय समेत संस्थाले गरेको छ |

 

 
यस मगर कल्याणकारी सहयोग कोष अभियानको उद्धेश्यहरु

 

१.) दक्षिण कोरियामा रहेका मगरहरुको जनगणना गर्न |
२.) मगर-मगर बीच आपसी सहयोग र सद्भावमा ब्यापक बिस्तार गरी एकता कायम गर्न |

३.) आपतकालीन समस्या ( सामाजीक, मानसिक र आर्थिक )को समाधानलाइ छिटो, छरितो र ब्यबहारिक बनाउन |

४.) गैर मगर खेलाडी ,कलाकार तथा व्यक्ति बिशेषहरुको सम्मान गर्न |
५.) दुर्घटनामा परि मृत्यु, अंगभंग, बिरामी, भाषिक समस्या, बेरोजगारी तथा अन्य प्रमाणित समस्याको समाधान गर्न पहल गर्ने |
६.) मगरहरुलाई ब्यबसायिक तथा लगानी मैत्री बाताबरणको सिर्जना गर्ने |

 
यस मगर कल्याणकारीकारी सहयोग कोष अभियानको सदस्यताको लागी दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण मगर दाजु भाइ तथा दिदि बहिनीहरु स्वतन्त्र रुपमा हकदार हुनु हुनेछ त्यस्तैगरि गैर-मगर खेलाडी, कलाकार तथा व्यक्ति बिशेषहरुलाई नेपाल मगर संघ दक्षिण कोरियाले पूर्व जानकारी गराई सदस्यता प्रदान गर्ने छ |

 

 

सदस्यताको लागी आवश्यक कागजातहरु
१.) नाम , ठेगाना (कोरिया र नेपालको दुवै )
२.) सम्पर्क मोबाइल नम्बर
३.) न्युनतम तोकिएको बार्षिक सदस्यता शुल्क १०,००० (दश हजार कोरियन वन )

 

मगर कल्याणकारी सहयोग कोष” को सेवा सुबिधा प्राप्त गर्ने आधार / प्रमाणहरु तथा न्युनतम सिमाहरु

 

१.) सदस्यता लिएको मितिले ४५ दिन नाघेपछिको समयबाट यस कोषको सेवा सुबिधा प्राप्त
गर्न सकिने
२.) दुर्घटनामा परि घाइते बिरामी, अंगभंग, तथा अन्य प्रमाणित समस्या भएमा बढीमा
अधिकतम ५०,००,००० (पचास लाख कोरियान ) सम्मको आर्थिक सहयोग गर्न
सकिने सो भन्दा बढीको सहयोग आवश्यक देखिएमा आर्थिक सहयोग संकलनको
लागी बिशेष अभियान चलाउने
३.) यस कोषको सदस्यता लिएको समयाबधि भित्र नेपालमा रहेपनि यस कोषको सेवा
सुबिधा हरु प्राप्त गर्न सकिने छ l
४.) एक बर्षको समयावधी सकिएपछि पुन न्युनतम शुल्क बुझाइ नबिकरण गर्नु पर्ने |

 

 

पुनश्च – यस मगर कल्याणकारी सहयोग कोषको सदस्यता बन्नु हुने मगर महानु भाब हरुले मात्र सेवा सुबिधा प्राप्त गर्नु हुने हुदा सबैमा जानकारी गराउनुको साथै अन्य सल्लाह सुझाब र सदस्यताको लागी तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ l सम्पूर्ण विवरणहरु अनलाइन मिडिया र फेसबुक पेज मार्फत जानकारी गराईइने छ |

 
सम्पर्कको लागी :-

खड्ग थापा मगर (010-3218-2398 ) – अध्यक्ष (नेपाल मगर संघ )
लोक राना मगर ( 010-5942-9870 ) –
हिक्मत पुलामी मगर ( 010-2747-6329) –
जगत खाम्चा मगर ( 010-4833-8513 )-
रमेश लुङ्गेली मगर ( 010-2187-0844)
उषा मगर (010-4681-1309 )
सुब्बा राना मगर (010-4375-0593)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...