Advertisement
SKIP THIS

कोरियामा विदेशीले नि: शुल्क कानूनी परामर्श पाउने


सोल – अब देखि बिदेशीहरुले घरेलू , सिभिल , आपराधिक र श्रम मुद्धामा नि;शुल्क कानुनी सेवा पाउने छन् | यो सुबिधा सोमबार देखि लागु हुनेछ |

 

न्याय मंत्रालयले आईतबार जनाए अनुसार कोरियन सरकार र कोरियाली बार एसोसिएशन (KBA) द्वारा नियुक्त ५७ जना वकिलहरुले भाषाको कठिनाई र कानुनी परामर्शको लागि सहयोग गर्नेछन | यो कार्यवाट विदेशीलाई मद्धत मिल्ने अपेक्षा गरिएको छ |

 

कानूनी परामर्श सेवा पहिलो चोटी २०१३ मा शुरु गरिएको थियो | जुन गाउ वकिल प्रणालीको एक भाग हो |बिदेशीहरु कानूनी सहायता लिन नसकेको स्थितिलाई मध्यनजर गर्दै बिदेशीको लागि काउन्टी र गाउमा गाउ वकिल प्रणाली बिस्तार गर्ने निर्णय गरिएको न्याय मन्त्रालयले जनाएको छ |

 

 

यो सेवा परिक्षणका लागि शुरुमा बिदेशीको बाहुल्य रहेको सोल र अन्य महानगरका १० वटा जिल्ला र क्षेत्रमा ७ जना वकिलले शुरु गर्नेछन |

जसमा देरिम २ – दोङ्ग योङ्गदम्फु , ईथेवन – दोङ्ग योङ्गसान , ग्वाङ्गहुई – दोङ्ग जुङ्ग , हेवा -दोङ्ग जोंग्नो , चाङ्गसिन १ -दोङ्ग जोंग्नो सोल , देवोन – दोङ्ग ओसान , दानवोन सेओन्बु – २ आनसान , वोन्मी-गु बुछन ग्वाङ्गजेयोक – म्येयोन याङ्गजु र सुवन – ख्यंगगी रहेका छन् |

 

 

कुनै पनि विदेशीले यो सुविधा लिनको लागि हाई कोरिया (www.hikorea.go.kr) लगअन गरेर या १३४५ फोन गरेर सेवा लिने मिति तय गर्न सकिने छ र उक्त मितिमा दोभाषेको व्यवस्था गरि जनाईएको छ | यो सेवा २० वटा भाषामा उपलब्ध हुनेछ र कोरिया रहने सबै विदेशीले सेवा लिन पाउनेछन |

 

न्याय मन्त्रालयका अनुसार कोरियामा अगस्तसम्म बिदेशीको संख्या १८ लाख पुगेको छ | यो कोरियाको कुल जनसंख्याको ३.६ प्रतिशत हो | अघिल्लो साल मात्र १२ ००० विदेशी कामदारहरुले आफ्नो कार्यकाल सकेर पनि फेरी कोरिया आउनको निम्ति आवेदन दिएका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...