नेपाल मगराँत स्वायत्त संघर्ष समिति दक्षिण कोरिया, नेपाल मगर संघ दक्षिण कोरियाको समानान्तर कमिटि नभएको घोषणा


 

सोल – नेपालमा पहिचान र अधिकारको लागि विभिन्न खाले आन्दोलन र संघर्ष भै रहेकोछ। विगत लामो समयदेखि विभिन्न समुदाय वर्ग क्षेत्र जातजातिहरु आफ्नो अधिकार पहिचान र समानुपातिक समावेशिता नेपालको बन्दै गरेको संविधानमा समावेश होस् भन्ने चाहान्थ्ये। तर त्यसो हुन सकेन। फलस्वरुप आज पनि आदिवासी जनजातिहरु, थारु र मधेसी समुदायहरु आन्दोलनरत छन्। यसै आन्दोलनको आवरणमा भारतले एउटा स्वतन्त्र सार्वभौम देश नेपाल माथि खुल्लमखुल्ला हस्तक्षेप गर्नु जायज होइन। हामी यो हस्तक्षेपको घोर विरोध गर्दछौं र नेपालका सरकार, राजनीतिक दलहरुलाई यथासक्य छिटो हाम्रो आन्तरिक समस्या आपसी समझदारी मार्फत सुल्झाउन विलम्ब नगर्न अनुरोध गर्दछौं।

 

हामीलाई थाहै छ अहिलेको प्रस्तावित संघीयताको ७ प्रदेशको खाकामा मगराती भूमिलाई ३ प्रदेशतिर विभाजन गरिएको छ। ऐतिहासिक मगरात भूमिलाई छिन्न भिन्न पारेर जुन संघीय प्रदेशको सीमांकन गरिएको छ त्यसको विरोधमा नेपालमा रहेका मगर, मगरात प्रति सद्भाव राख्ने गैर मगरहरु, विभिन्न राजनीतिक दल,वुद्धिजीवी तथा संघ संगठनहरुको समर्थनमा नेपाल मगर संघ नेपाल र नेपाल मगराँत स्वायत्त संघर्ष समितिले आन्दोलन गर्दै आएको छ।

 

हामी विभिन्न विचार धारमा बाँधिएका छौं। विदेशमा रहनुहुने मगर तथा गैर मगरहरु पनि उक्त आन्दोलनको पक्षमा र विपक्षमा रहनु अस्वाभाविक होइन। यसै विच नेपालमा भइरहेको आन्दोलनलाइ समर्थन गर्दै मिती २०१५/०९/१३ गते नेपाल मगर संघ कोरियाका निवर्तमान अध्यक्ष श्री पुरन राना मगरको संयोजकत्वमा ७ सल्लाहकार सहित १५ सदस्यीय “मगराँत स्वायत्त प्रदेश संघर्ष समिती दक्षिण कोरिया” गठन भएको थियो। उक्त समिति गठन भए संगै नेपाल मगर संघ दक्षिण कोरया र बाहिर एक खालको भ्रम पर्न गएको थियो अर्थात् नेपाल मगर संघ दक्षिण कोरिया को समानान्तर कमिटीको गठनभयो भन्ने भ्रामक प्रचारप्रसार हुन पुग्यो। यसै भ्रमलाई चिर्न नेपाल मगर संघ दक्षिण कोरियाको कार्यालय तोंङदेमुन स्थित हलमा २०१५/०९/२६ तारिखका साँझ बसेको बैठकमा भएको छलफल र सहमती अनुसार “नेपाल मगर संघ दक्षिण कोरिया” र “नेपाल मगराँत स्वायत्त संघर्ष समिति दक्षिण कोरिया” समानान्तर कमिटी हो भन्ने भ्रम चिर्न र नेपाल मगराँत स्वायत्त संघर्ष समितिले नेपाल मगर संघ दक्षिण कोरियाको विधीविधान र मर्मलाई असर नपुग्ने गरि स्वतन्त्र रुपमा कामकारबाही अगाडी बढाउन सक्नेछ भन्ने सहमति गरेको छ। र २०१५/०९/२७ तारिखको दिन बिहान तोङदेमुनमा भएको नेपाल मगराँत स्वायत्त संघर्ष समिती दक्षिण कोरियाको भेलाले लिखित रुपमा नेपाल मगरसंघ दक्षिण कोरियाको समानान्तर कमिटि रहेको भन्ने भ्रमलाई चिर्दै, उक्त संघको मर्म,विधि,विधानलाई असर नपुग्ने गरि आफ्नो कामकारबाही आगाडी बढाउने स्वतन्त्रता राख्दछ भन्ने सर्वसम्मत रुपमा सहमति गरेको छ। यसै गरि उक्त भेलाले नेपाल नेपाल मगराँत स्वायत संघर्ष समितिले पहिलो चरणको आर्थिक संकलन यथासक्य छिटो नेपाल सम्बन्धित संस्थालाई पठाउने र बलराम पुन मगरलाई वरिष्ठ सल्लाहकार र किरण थापामगरलाई प्रवक्ताको जिम्मेवारीदिने निर्णय पनि गरेको छ। साथमा अन्य देशहरुमा रहेको मगराँत संघर्ष समितिहरु संघ पनि सान्वय गर्दै अगाडी बढ्ने निर्णय गरिएको छ।

 

 

बाहिर देखिएको र सुनिएको “नेपालमगर संघ दक्षिण कोरिया” र “नेपाल मगराँत स्वायत्त संघर्ष समिति दक्षिण कोरिया” समानान्तर कमिटि होइन भन्ने हामीले यसै निर्णय बाट प्रष्ट पार्न चाहान्छौं।यस् अभियानलाई सफल बनाउन जो जस्ले जहाँ जसरि सहयोग गर्नुभएको छ उहाँहरु सबैलाई हार्दिक धन्यवाद प्रदान गर्दछौं।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...