लम्जुङ परिवार दक्षिण कोरियाको ११ औं साधारण सभा सम्पन्न


मेघप्रसाद वाईवा

 
सोल – लम्जुङ परिवार दक्षिण कोरियाको ११ औं साधारण सभा गत सेप्टेम्बर 28 तारीखका दिन परिवारको भवन याङ्जु स्थित सेम्नेमा भव्य रूपमा सम्पन्न भएको छ ।

 

कोरियामा छरिएर रहेका सम्पुर्ण लम्जुङ्वासी तथा लम्जुङ परिवारमा आबद्ध दाजुभाइ तथा दिदिबहिनीहरुलाई भेला गराई भएको उक्त सभाको सभापतित्व लम्जुङ परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष रुपप्रसाद गुरुङ र नेपाली सम्पर्क समिती (NCC) का उपाध्यक्ष जितबहादुर गुरुङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो ।

 

संस्थाको स्थापना कालदेखि कोरियामा रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै अघि बढीरहेको यस संस्थाले विभिन्न किसिमका आपतविपत,बिरामी औधोगिक दुर्घटनामा परेका व्यक्तिहरु,अनाथलय,बृदाश्रम एवं प्राकृतिक प्रकोप लगायत अन्य थुप्रै क्षेत्रमा सहयोग गर्दै आईरहेको जानकारी गराउदै संस्थाका सचिव मेघप्रसाद वाईवाले संस्थाको संगठानिका वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मुनिन्द्र गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

 

 

कोरियामा रहेका विभिन्न संघसंस्था मध्ये एउटा नमुना संस्थाको रूपमा स्थापित हुन सफल यस संस्थालाई अझ माथी उठाउनको लागि अबको नेतृत्व युवा पुस्ताले लिनु पर्ने र भोलिका दिनहरूमा नेपाली सम्पर्क समिति(NCC)ले गर्नुपर्ने सहयोग सदैव रहिरहने कुरा व्यक्त गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।यसैगरी अन्नपूर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगर,सल्लाहकार भावना गुरुङ ,वोमन फर वोमनकी भु.पु. अध्यक्ष जुनु गुरुङ ,संस्थाका भु.पु. अध्यक्ष दिलिप धिताल लगायत सबैले साधारण सभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए।

 

कार्यक्रमको सभापतित्व गर्नु भएका संस्थाका अध्यक्ष रुपप्रसाद गुरुङले परिवारप्रति सबैले गर्नुभएको योगदानको उच्च कदर गर्दै आफ्नो वार्षिक समिक्षा प्रस्तुत गर्दै सो समितिको विघटन गरि बन्दसत्रको सुरुवात गरेका थिए ।सो साधारण सभाले संस्थाका भु.पु.अध्यक्ष दिलिप धितालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरि धन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो।

 

 
लम्जुङ परिवार दक्षिण कोरियाको ११ औं साधारण सभाबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरु:-
अध्यक्ष : धन गुरुङ
वरिष्ठ उपाध्यक्ष :बिल गुरुङ
उपाध्यक्ष :छिरिङ शेर्पा
उपाध्यक्ष : मेख दुरा
महासचिव : मेघप्रसाद वाईवा
सचीव : घनश्याम गुरुङ
सचीव : सुनिल घले
कोषाध्यक्ष : ममता गुरुङ
सह कोषाध्यक्ष : कमला गुरुङ
सदस्यहरु: रितु गुरुङ
: विक्रम गुरुङ
: राजन गुरुङ
: हित गुरुङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...