एमआरपी अनिवार्य हुन लाग्‍दा अप्ठेरोमा कामदार


काठमाडौं: वैदेशिक रोजगारीमा गएका सबै नेपाली कामदारसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएकाले आगामी नोभेम्बर २४ पछि उनीहरू समस्यामा पर्ने भएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार आगामी नोभेम्बर २४ पछि कुनै पनि देशका नागरिकले एक ठाउँबाट अर्कोमा यात्रा गर्दा अनिवार्य एमआरपी प्रयोग गर्नुपर्नेछ।
नेपालबाट वैदेशिक रोजगारीमा गएका दुईतिहाइभन्दा बढी कामदारले हस्तलिखित राहदानी बोकेका छन्। नोभेम्बर २४ पछि एमआरपी देखाउन नसक्नेले आवतजावत गर्न पाउनेछैनन्। विदेशमा रहेका कामदार घर फर्किन चाहे पनि पाउनेछैनन्।

हाल सरकारको अनुमति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ४० लाख पुगेको छ। अवैध तरिकाले जानेको सख्ंया २० लाख हाराहारीमा रहेको अनुमान छ। अहिलेसम्म करिब ३६ लाखमात्रै एमआरपी बनेको छ।

एमआरपी बनाएका सबै वैदेशिक रोजगारीमा गएका हुँदैनन्। राहदानी बनाएर स्वदेशमै बस्नेको संख्या पनि ठूलो छ। सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा गएका ४० लाख कामदारमध्ये अधिकतम २० लाखदेखि २५ लाखसम्मले एमआरपी राहदानी लिएको अनुमान छ। यस आधारमा विदेशमा काम गरिरहेका झन्डै १५ लाख नेपालीसँग एमआरपी छैन। आइकाओले तोकेको म्याद सकिन अब दुई महिनाजति बाँकी छ।

यस अवधिमा बाँकी सबैले एमआरपी बनाउन सक्ने सम्भावना न्यून देखिन्छ। तत्काल अधिक कामदार रहेका मुलुकका दूतावासलाई परिचालन गरी एमआरपी बनाउने काम अभियानका रूपमा सञ्चालन नगर्ने हो भने विदेशमा रहेका नेपाली कामदार अलपत्र पर्ने श्रम तथा रोजगार मन्त्रालयका अधिकारी तथा म्यानपावर व्यवसायी बताउँछन्।
वैदेशिक रोजगारीमा गएका कामदारलाई एमआरपी बनाउन अभियान सञ्चालन गर्नुपर्ने भए पनि सरकारको तयारी फितलो देखिएको छ। कामदार तथा अन्य प्रयोजनमा विदेशमा रहेका नेपालीलाई सम्बद्ध मुलुकमा रहेको कूटनीतिक नियोगमार्फत राहदानी बनाउने काम प्रभावकारी हुन सकेको छैन।

 

नेपालबाट वैदेशिक रोजगारीमा गएका दुईतिहाइभन्दा बढी कामदारले हस्तलिखित राहदानी बोकेका छन्।
अधिक कामदार रहेका खाडी मुलुक तथा मलेसियाका नियोगलाई तत्काल परिचालन गर्न सके यो समस्या धेरै हदसम्म समाधान गर्न सकिने व्यवसायीको भनाइ छ।राहदानी विभागका सूचना अधिकारी शरदराज आरन अहिलेसम्म करिब ३६ लाख एमआरपी बनिसकेको र अझै दुई महिना समय बाँकी भएकाले वैदेशिक रोजगारीमा गएका कामदारलाई खासै समस्या नपर्ने दाबी गर्छन्।

सम्बद्ध मुलुकमा रहेका दूतावासमार्फत लाइभ इनरोलमेन्टको व्यवस्था गर्न लागिएकाले एमआरपी नभएका व्यक्तिले फारम भरेको एक साताभित्रै राहदानी दिन सक्ने उनले जानकारी दिए। ‘त्यति ठूलो समस्या आउला जस्तो त लाग्दैन तर सबैजना सचेत हुनुपर्‍यो’, उनले भने।

तीन वर्षअघि नै यो प्रावधान अनिवार्य गरिएको भए पनि नेपाललगायत अन्य केही मुलुकले तयारी पूरा नगरेकाले यी मुलुकको विशेष आग्रहमा आइकाओले एआरपी अनिवार्य बनाउने म्याद थपिदिएको हो। आगामी नोभेम्बर २४ बाट भने कुनै पनि हालतमा हस्तलिखित राहदानी प्रयोग गर्न नपाउने कडा निर्देशन आइकाओले दिइसकेको छ । यसमा नेपालले पनि सहमति जनाइसकेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष टंकबहादुर राउतले अधिकांश व्यवसायीले एक वर्षदेखि हस्तलिखित राहदानीमा कामदार पठाउन छाडेको बताए। ‘भविष्यमा निकै ठूलो समस्या आउन सक्छ भन्ने विचार गरेर हामीले एक वर्षदेखि एमआरपी भएकालाई मात्र विदेश पठाएका छौं,’ उनले भने।
खाडी र मलेसियामा रहेका अधिकांश कामदारसँग हस्तलिखित राहदानी रहेको अनुमान छ। उनीहरूमध्ये कतिपयलाई अझै एमआरपी बनाउनुपर्छ भन्नेसम्म जानकारी छैन।
विगतमा खाडी र मलेसियामा रहेका कामदारलाई एमआरपी बनाउन दूतावासमार्फत सार्वजनिक सूचनासमेत जारी गरिएको थियो। दूतावासबाटै फारम भरेर नेपालमा पठाउने व्यवस्था गरिए पनि सबैले नयाँ राहदानी लिएका छैनन्।

निर्धारित समयभित्र एमआरपी लिन बाँकी भएका व्यक्तिलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाउन सकिने वैदेशिक रोजगार विभागका अधिकारी बताउँछन्। राहदानी विभागले भने लाइभ इनरोलमेन्ट प्रणाली सञ्चालनमा ल्याउन लागेकाले नेपाल आउनुपर्ने बाध्यता नरहेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...