Advertisement
SKIP THIS

एनआरएन कोरियामा बिबादै देखिएको हो भन्न मिल्दैन – अध्यक्ष बिनोद कुवर


गत सेप्टेम्बर ६ तारिख गर्ने भनिएको एनआरएन कोरियाको पाचौ अधिवेशन एक हप्ता पछि सार्दै १२ / १३ तारिख गर्ने तय गरिएको थियो तर गत बिहिबार निर्वाचन मण्डलले राजिनामा दिए पछि अनिश्चिता बढेको थियो | शनिबार नेपाल हाउसमा बसेको बैठकले आउदो २० तारिख अधिवेशन गर्ने निर्णय गर्दै निर्वाचन प्रक्रिया भने चुसकको अन्तिम दिन २९ तारिख गर्ने जनाएको छ | एनआरएन कोरियाले बारम्बार मिति किन सारिरहेको छ र तिब्र बिबाद देखिनुको कारण के होला यसै सेरोफेरोमा रहेर फोनिजकोरियाका लागि एनआरएन कोरिया अध्यक्ष बिनोद कुवरसंग निश्चल काउचाले गरेको कुराकानी :-

अरु देशमा जस्तै एनआरएन कोरियामा पनि तिब्र बिबाद देखियो नी ?

बिबाद नै त भन्न मिल्दैन | केही टेक्निकल समस्याहरुले गर्दा अधिवेशनको मिति सरेको हो |

एनआरएन कोरियाको अधिवेशन सरि रहनुको कारण के हो ?

हामीले शुरुमा सेप्टेम्बर ६ तारिख गर्ने भनेका थियौ त्यहि समयमा जापानमा पनि संगै परेको हुदा एक हप्ता पछि सारेका थियौ | १२ / १३ तारिखमा गर्ने भनियता पनि बिबिध कारणले गर्दा फेरी मिति सार्न बाध्य भयौ र आगामी २० तारिख अधिबेशन हुने तय गरिएको छ | सोहि दिन उमेदवारहरुको नोमिनेशन पनि हुने छ | निर्वाचन प्रक्रिया भने चुसकको अन्तिम दिन २९ तारिख हुने छ | केही साथीहरुले बिनोद कुवरले आफ्नो स्वार्थको लागि मिति सर्ने गरेको आरोप लगाउने गरेका छन् | यो सरासर गलत आरोप हो | म जति सक्दो छिटो अधिवेशन सम्पन्न होस् भन्ने चाहन्छु |

तपाईहरुले निर्बाचन मण्डललाई समयमा नै पंजीकृत सदस्यहरुको नामावली , आर्थिक लगायतका प्रतिवेदन उपलब्ध गराउन नसक्नुको कारण ?

केही उमेदवार साथीहरुले एकै जनाले ४ / ५ सय जनाको फारम भर्नु भएको रहेछ | त्यस मध्य पनि केहीको कोरिया आएको दुई बर्ष पनि नपुगेकाहरुको पनि फारम भरि दिएका कारण भेरीफाई गर्नु पर्ने भएकोले ढिला भएको हो | त्यसरी धेरै जनाको फारम भर्ने साथीहरुले हामीलाई फारम मात्र भरेर बुजाए साथमा आर्थिक पनि संगै आउनु पर्ने थियो | यी बिबिध कारणले गर्दा केही ढिला भएको पक्कै हो |

एनआरएन कोरियामा राजनीति बढी भो भनिन्छ नी ?

 

 

 

मलाई राजनीति नै भए जस्तो त लाग्दैन तर पनि यो समस्या कोरियामा मात्र भएको होईन | अरु देशको एनआरएनमा पनि यो समस्या देखिएको छ |

गत सलनालमा एनआरएन कोरियाको संयोजकत्वमा गरिएको महामेलाको आर्थिक प्रतिवेदन अहिलेसम्म सार्वजनिक किन नगरिएको हो ?

गत हप्ता नयाँ नेपाल हाउस उदघाटन समारोहमा पनि हामीले आर्थिक प्रतिबेदन सार्वजनिक गरेका थियौ | गत सलनालमा गरेको कार्यक्रम हाम्रो संजोजकत्वमा गरिएको भए अन्य संघ संस्थाहरु पनि सामेल थिए तसर्थ अझैसम्म पनि केही संघ , संस्था र व्यक्तिहरुले टिकटको अर्धकट्टी नबुझाई दिएको कारण समयमा सार्वजनिक गर्न नसकिएकै हो |

एनआरएन कोरियाको आउदो कार्य समितिमा हुण्डी कारोबारीलाई स्थान दिइनु हुदैन भन्ने जनआवाज सुनिदै छ | के यो सम्भव छ ?

पक्कै पनि अबैध हुण्डी कारोबार गरिनु हुदैन भन्ने मेरो मान्यता हो | हुण्डी कारोबार एनआरएन कोरियाको एकल प्रयासले रोक्न सक्ने कुरा पनि होईन | नेपाल सरकारले बैकिङ्ग प्रणालीवाट मात्र पैसा पठाउन मिल्ने गरि पोलिसी ल्याई दिए हुण्डी कारोबार आफै रोकिन्छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...