Advertisement
SKIP THIS

फेन्तेक नेपाली समितिको साधरण सभा तथा अधिबेशन सेप्टेम्बर २० तारिख हुदै


प्यान्थेक-दक्षिण कोरियामा जातीय , क्षेत्रीय , राजनीति र धार्मिक पहिचान भन्दा अलग पृष्ठभुमिमा रहेर पुर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका सम्पुर्ण प्रबाशी नेपालीहरुको सुखदुःखको साझा सस्था तथा सम्पुर्ण नेपालीमनको एकता चौतारी बन्दै गएको सामाजिक क्षेत्रमा सक्रिय सस्था कोरियाको वेजम्बु देखि बुसान सम्मका कार्य शिलशिलामा रहनुभएका सम्पूर्ण प्रबाशी नेपालीहरुको साझा समुदाय फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली समितिले “हामी सबै नेपालीमा एकता, सुख – दुखमा आत्मीयता” भन्ने मूल अभिप्राय सहित यहि आउदो २० तारिक बृहतरुपमा साधरण सभा सहित चौथो अधिबेशन गर्ने भएको छ ।

 

गत आईतबार बसेको समितिको छलफल निर्णय बमोजिम हाल सम्म गरीएका कार्यहरुको समिक्षा गर्दै आगामी चरणमा अझै धेरै सहयोगी सामाजिक भावना भएका नेपालीहरुलाई एकत्रित गर्दै नया कार्य समिति चयन मार्फत सबै एक ढिक्का भएर सो समाजलाई अगाडि बढाउने योजना अनुरुप कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि , ब्यबसायी ,बुद्धिजीवी, पत्रकार लगाएत सम्पूर्ण महानुभावहरुलाई उक्त दिन उपस्थित भएर कार्यक्रमलाई भव्यताकासाथ सफल बनाइदिनुहुन सो समितीले हार्दिक आह्वान गरेको छ ।

 

कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टर नेपाली समुदायले उक्त सेन्टरको सहकार्यमा कोरियामा आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सामाजिक सहयोग कार्यक्रम तथा परामर्श साथै नेपाली कला ,सस्कृतिलाई पनि स्थान दिदै आएको छ भने नेपालमा पनि बिबिध सहयोग परोपकार,राहत अभियान जस्ता सहयोगीमुलक सेवा कार्यहरुमा पनि योगदान पुर्याउदै आएको छ ।

 

समितिले उक्त फेन्तेक नेपाली समुदायमा आबद्ध भएर सामाजिक कार्यमा हातेमालो गर्न चाहनुहुने विभिन्न क्षेत्रमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न मिति र स्थानमा उपस्थितिको लागि आमन्त्रण सहित अनुरोध गरेको छ । साथै सोहि दिन समितिको सदस्यता लिनुभएकाहरुले नबिकरण र नयां सदस्यताको लागी पनि आह्वान गरीएको छ।

 

आवस्यक सम्पर्कको लागि :-

• बिजु बिक्रम थापा – ०१०-६८५३१२२०

• नारन पाठक – ०१० -६४१२२५१५

मिति-: सेप्टेम्बर २० तारिख आईतबार स्थान -: फेन्तेक माइग्रेन्ट सेन्टर हल समय -मध्यान्ह ठिक १२ :०० बजे देखि ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...