Advertisement
SKIP THIS

कोरियालीको सिपले मासिक डेढ लाख कमाई


 

पोखरा – भारतीय सेनाको जागिर छाडी कमाउनकै लागि कोरिया छिरे । सुरुका केही वर्ष पैसाकै लागि मरिमेटे । उनलाई लाग्यो, अब यतै सीप सिकेर नेपाल फर्केपछि केही काम गर्नुपर्छ । दक्षिण कोरियाको ठूलो बंगुर फार्ममा उनले काम गरे । फर्केर खेती किसानी नै गर्ने सोचमा थिए उनी ।

स्याङ्जाको कोल्मा ओरस्टेका छ्यामबहादुर थापाले नेपाल फर्कने बेलामा बंगुर फारमका मालिकसँग सल्लाह मागे– हाम्रो देशमा बंगुर पाल्नेलाई राम्रो मान्दैनन, म गाउँ गएर बाख्रा पाल्छु भने । उनको कुरा सुनेर ती मालिकले मज्जासँग हाँस्दै भने– छ्याम तिमीले व्यवसाय नै गर्ने हो भने बंगुर पाल, बाख्रा हैन ।

छ्यामले कारण सोधे ।

एउटा बाख्रा एक वर्षमा बढीमा दुई पटक ब्याउँछ, बढीमा एक बेतमा दुईवटा पाठापाठी पाउँछ । एउटा बोको वा खसी एक वर्षमा धेरै भए ३० किलो हुन्छ । लगानी अनुसार प्रतिफल लिन गाह्रो पर्छ ।  एउटा बंगुर एक वर्षमा तीन पटक ब्याउँछ । एक बेतमा कम्तिमा आठवटा बच्चा पाउँछ । एउटा बच्चा छ महिनामा ८० देखि एक सय किलो हुन्छ, ल तिमी नै भन नाफा के गर्दा हुन्छ ?

 

बंगुर फारमका मालिकसँगको सल्लाह अनुसार छ्यामले नेपाल फर्किएर लेखनाथको रिठेपानीमा जग्गा किने । दुईवटा बगुंरबाट ब्यवसाय थाले । विदेशमा पाँच वर्षसम्म सिकेको सीप उनले भरपुर प्रयोग गरे । एक पछि अर्को सफलता मिल्दै गयो, अहिले उनको फारममा साना ठूला गरी एक हजार आठ सय बंगुर छन् ।  उनको महत्वकांक्षले पखेटा हालेको छ । फारमको क्षमता दुई हजारको छ, अबको तीन महिनामा छ्यामले फारम पूर्ण क्षमतामा संचालनमा ल्याउनेछन् । भन्छन्, त्यसपछि बल्ल नियमित रुपमा राम्रो कमाइ हुने छ ।

 

लेखनाथ–२ रिठ्ठेपानीमा १३ रोपनी जग्गा किनेर २०६३ सालबाट पोखरा लाइभस्टक प्रालि संचालनमा ल्याएका छन् उनले । फार्म वरिपरी ५० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आएका छन् ।  दुईवटा माउबाट काम थालेको, अहिले एक सय ८० भन्दा बढी माउ छन्, दुई सयभन्दा बढी माउ पु¥याउने लक्ष्य हो, त्यति गर्न सकियो भने माग पुरा गर्न सकिन्छ ।

फारममा छिर्दा अस्पताल जस्तो लाग्छ । एकतिर प्रसुति कक्ष छ, जहाँ गर्भवती माउले बच्चा जन्माउँछन् । छाउराका लागि अलग्गै कक्ष, गर्भवती भएलगत्तै राख्ने अर्को कक्ष, भाले र वयस्कलाई राख्ने अर्को कक्ष ।  उमेर र अवस्था अनुसार बंगुरलाई आहर चाहिन्छ र त्यही अनुसारको आराम र तापक्रम पनि । गर्भवती माउलाई खुल्ला स्थानमा छाडिदियो भने असर पर्ने भएकाले चल्न नमिल्ने साँघुरो स्थानमा राख्नुपर्छ र खाना पनि अरु बेला भन्दा पौष्टिक दिनुपर्छ ।

 

अहिले ठूला/ठूला आठवटा खोर छन् । भूकम्पपछि बजारमा मासुको माग घटेको छ । दैनिक तीन÷चार वटा बंगुर, थप चारवटा खोर बनाएर दुई हजार भन्दा बढी बंगुर पाल्ने योजना छ । त्यसका लागि खोर बनाउने काम सुरु भइसकेको छ । अहिले दिनमा दुई÷तीनवटा भन्दा बढी बंगुर बजार पठाउन सकिंदैन, दिनमा १० वटा भन्दा बढी बंगुर बजार पठाउन सकेमा आम्दानी राम्रो हुने उनले जानकारी दिए ।

अहिले सबै खर्च कटाएर मासिक सरदर डेढ लाख रुपैयाँ आम्दानी हुन्छ । बंगुर फार्ममा उनीहरुले तीन करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । छ्यामले भने, ठूलो लगानी हामीले गरिसकेका छौं, अब बंगुरको संख्या थपे पनि लगानी त्यति धेरै थप्नु पर्दैन । कोरियाको प्रविधिको प्रयोग गर्दै उनले आधुनिक खोरमा योर्कसायर, लेनरेस, ड्युरोक र ह्यामसायर गरी चार जातका बंगुर पालेका छन् ।

 

बंगुरको स्वास्यमा पनि उनी निकै सचेत छन् । जन्मेलगत्तै आइरन, ४० दिनमा जुकाको औषधि, दुई महिनापछि स्वाइनफ्लुको औषधि, त्यपछि खोरेतको सुरइ र टेपवर्मको औषधि दिए पछि बंगुर पूर्ण रुपमा रोगमुक्त हुन्छ । बजारमा बंगुरको मासु स्वस्थकर हुन्न भन्ने हल्ला बढी चलेको हुन्छ, हामी यसमा सचेत भएकाले हाम्रो उत्पादनमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन, उनले भने । स्थानीय बजारमा मात्र बंगुर र बंगुरको मासु बेच्दै आएका उनले पोखराकै पर्यटकीय क्षेत्रमा भने मासु पुर्या‍उन सकेका छैनन । विदेश निर्यात त कुरै छाडौं ।

 

एउटा बंगुर सात महिनामा सरदर एक सय किलोको पुगेपछि मासुका लागि उपयुक्त हुन्छ । धेरै उमेर र तौलको बंगुर मासुको लागि उत्तम नहुने र पाल्न पनि बढी खर्चिलो हुन्छ । बजारमा खसी, कुखुराको जस्तो निश्चित भाउदर बंगुरको मासुको नभएको उनले बताए । घरायसी रुपमा फ्याकिएको खाना खुवाएर पालिएका बंगुर र यसरी अत्याधुनिक तरिकाले पालिएका बंगुरबीच तुलना हुनै सक्दैन, छ्यामले भने । काटेको मासु प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

 

मासु बिक्रीको लागि उनीहरुले बुद्धचोकमा अत्याधुनिक वधशाला संचालन गरेका छन् । सुरुमा परम्परागत रुपमै काटिए पनि टुक्रा पार्नका लागि स्लाइस मेसिनको प्रयोग गरिन्छ । आवश्यकता अनुसारका टुक्रा पार्न, हड्डी र मासु छुट्याउनका लागि कोरियाबाटै झिकाइएको मेसिन प्रयोग गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...