‘सोनसिक’ मा इन्दिरा तिवारी


लिलु डुम्रे

सोल-नेपाली बिधार्थी समाज दक्षिण कोरियाको १२ औ साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नया कार्यसमिति समिति चयन गरेको छ । सनिबार र आइतबार सन्मुन बिश्वबिद्यालय छनानमा भएको सभामा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका अर्का प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए ।

 

 

उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल,दुइमा विजय बस्नेत तिनमा सौरभ भट्टराई र चारमा मोहन श्रेष्ठ चयन भएका छन । उपसभापतिका लागि क्षेत्र एकमा मतदान मार्फत ढकाल विजय भएका थिए । अन्य तिन क्षेत्रमा भने निर्बिरोध चयन भए । सभाले सचिव सह सचिव र सदस्यहरु निर्बिरोध चयन गरेको छ । सचिवमा प्रभात पाठक ,सह सचिवमा आराजना श्रेष्ठ ,बिबेक चौधरी र कमल केसीका बीचमा चुनावी मत परिणाममा श्रेष्ठले अन्यलाइ पछि पार्दै विजय भइन । कोषाध्यक्षमा शिश्ली सिम्खडाले जिम्मेवारी पाएकी छन । अनसुया ढकाल , सुनेस केसी ,जबिन्द्र खनाल, सकिन श्रेष्ठ र रमेश परियार सदस्यमा चुनिएका छन ।

 

 

एक बर्षको कार्यकाल रहने कार्यसमितिकि सभापति तिवारीले २०१० को सोनसिक कार्यसमितमा कोषाध्यक्षको जिम्मेवारी बहन गरिसकेकी हुन् । तिवारीले पुसान नेसनल युनिभर्सि्टि बुसानमा सूक्ष्म जीव बिज्ञानमा पीएचडी गर्दै्छिन ।

 

उनले आफ्नो कार्यकालमा सोनसिकमा बिद्यार्थी आवद्ता बढाउने ,नेपाल प्रवर्धनात्मक गतिबिधि र सास्कृतिक कार्यक्रम आदानप्रदान गर्ने जानकारी गराईन । एक बर्षको कार्यकालमा बौद्धिक र रचनात्मक कार्यक्रमहरु सुधार गर्दै निरन्तता दिने स्पष्ट पारिन ।

 

नवनिर्वा्चित तिवारीले सोनसिक कोषको स्थापना गर्ने ,कोरियाको शिक्षा मन्त्रालय ,कोरियन राजदुतावास र नेपाली दुतावाससंग समन्वय गरि एन आइ आइ ई डी छात्रबृति बढाउन पहल गर्ने र कोरियाका प्रतिष्ठित अनुसन्धान केन्द्रहरुमा नेपालका बिस्वबिद्यालयहरुले पनि प्राज्ञिक अनुसन्धान गर्न सक्ने गरि एमओयुका लागि बढी ध्यान केन्द्रित गर्ने भावी नीति बताईन ।

son4

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...