Advertisement
SKIP THIS

कोरियाकी पूर्वप्रधानमन्त्रीलाई २ बर्ष जेल सजाय


सोल-दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री हन म्याङ सुकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको समाचार छ।

 

कोरियाली संचारमध्यमहरुले जनाए अनुसार  हिजो यहाँको सर्बोच्च अदालतले उनीमाथि लागेको उक्त मुद्दाका सम्बन्धमा यसअघिको अदालतको फैसला सदर गरेपछि उनलाई जेल चलान गर्न आदेश दिइएको हो। यो फैसलापछि अब उनलाई जेल चलान गरिने छ। सर्बोच्च अदालतको फैसलाले सदर गरिदिएको बताइएको छ।

 

 

एकहत्तर वर्षीया पूर्व प्रधानमन्त्री हन म्याङ सुकले दक्षिण कोरियामा सन् २००६ देखि एक वर्षसम्म प्रधानमन्त्रीका रूपमा सेवा गरेकी थिइन्।

 

 

करिब ७ लाख ६० हजार अमेरिकी डलर बराबरको रकम घुस लिएको आरोपमा उनलाई सन् २०१० मा नै मुद्दा परेको थियो।

 

 

उनलाई सार्वजनिक ओहदामा रहेका व्यक्तिले अवैध रकम स्वीकारेको भन्दै त्यसका लागि दुई वर्षको जेल सजाय तोकिएको छ।

 

 

 

उनलाई यसअघिको फैसलाका कारण स्वतन्त्र छोडिएको भए पनि बिहीबारको यस फैसलापछि जेल चलान गरिने अब पक्का भएको समाचारमा जनाइएको छ।

 

उनी दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री थिइन् भने जेल सजाय भोग्ने पनि उनी नै पहिलो प्रधानमन्त्री हुन्। अब उनले सांसदको पद समेत त्याग्नुपर्ने भएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...