Advertisement
SKIP THIS

नेप्सेले कायम गर्यो ऐतिहासिक रेकर्ड


 
 
काठमाडौ – नेपालको शेयर बजारमा नेप्से परिसुचकले सात बर्षपछि छलाङ मार्दै सर्वाधिक बिन्दु टेकेको छ । २०६५ साल भदौ १५ गते नेप्सेले पार गरेको ११७५ को बिन्दुलाई माथ गर्दै बुधबार ११९१.९२ को बिन्दुमा उक्लिएको हो । मंगलबारको तुलनामा ३१.९९ अंकले नेप्सेमा बढोत्तरी भएपछि नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो । २०६५ सालमा संबिधानसभाको चुनाव भई नयाँ सरकार बनेको सन्दर्भले नेप्सेमा उछाल ल्याएको थियो ।
 
यसपटक नयाँ संबिधान निर्माणको अन्तिम कसरत, बैंक तथा बित्तीय संस्थाहरुको अनिबार्य पूँजी बृद्धिको प्राबधान, सीडीएसको पूर्ण कार्यान्वयन र अभौतिक शेयरको कारोबारले नेप्सेलाई दरिलो टेवा दिएको देखिएको छ ।
 
बुधबार नेप्सेले नयाँ छलाङ मार्दा नेप्से ३२ अंकले बढेर बन्द भएको छ भने ६६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । अभौतिक ( डिम्याट) शेयरको अनबिार्य कारोबारले बजारमा बिक्रेताहरुको अभाव हुँदा सक्षम र ठूला बाणिज्य बैंकहरुको शेयर मूल्यमा उच्च चढाव देखिए पनि बाणिज्य बैंक समूह ३३ अंकले मात्र माथि चढेको छ भने होटल र बिमा समूह सूचकहरुमा उल्लेखनीय बृद्धि देखिएको छ ।
नेप्सेले उच्च छलाङ मारे पनि केही चुनिएका बाणिज्य बैंक बाहेक अन्य बाणिज्य बैंकहरुको शेयर मूल्यमा खासै ठूलो बृद्धि नदेखिनु अर्थपूर्ण छ । एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, सानिमा लगायतका बैंकका शेयरहरु खरिद गर्न लगानीकर्ताहरु ओईरिएका छन् । बुधबार केही निर्जिबन बिमा कम्पनी र होटलहरुहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बिमा कम्पनीहरुले यस बर्ष नगद लाभांश बाड्न नपाउने, बोनस र हकप्रद शेयर जारी गरेर कम्तिमा दोब्बर पुँजी थप्नुपर्ने अबस्था आउनसक्ने आँकलन गरिएको बेला ती कम्पनीहरुले गत बर्ष गरेको कमाई सार्वजनिक हुनुले पनि लगानीकर्तालाई तानेको देखिएको छ ।
 
त्यस्तै राष्ट्र बैंकले यही भदौ महिना भित्र बैंक तथा बित्तीय संस्थाहरुलाई चार गुणासम्म पूँजी बृद्धिको योजना पेश गर्न कडा निर्देशन दिएको, कमाएको नाफालाई नगद लाभांश बाड्न नपाई बोनस शेयर दिएर पूँजी बृद्धि गर्न बाध्य पारिएकोले पनि लगानीकर्तामा आत्मबल बढेको देखिएको छ । यही मौकामा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बजारमा ६० प्रतिशत हिस्सा रहेका बाणिज्य बैंकहरुको अभौतिक शेयर मात्र किनबेच हुने गरी कारोबार थालेकाले बजारमा बिक्रीमा आउने शेयरको अभाव भई मूल्य बढ्न गएको अबस्था छ ।
यसमा दलहरु नयाँ संबिधान लेखनको अन्तिम गृहकार्य सकेर संबिधान जारी गर्ने तरखरमा रहेकाले झन्. अनुकुल वातावरण सिर्जना गरेको छ । बैंक तथा बित्तीय क्षेत्रमा अधिक तरलता भए पनि लगानीको विकल्प नभएकाले शेयर बजारतर्फ रकम आकर्षित हुने क्रम बढेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...