Advertisement
SKIP THIS

‘एकता महाधिवेशन नगरिए मै आधिकारिक, NRNA हूँ भन्नेको पनि कुनै अस्तित्व रहँदैन’ – विपिन गुरुङ


विपिन गुरुङ नेतृत्व रहेको गैर आवासीय सङ्घ दक्षिण कोरियाले नेपालमा हुन गइरहेको एकता महाधिवेशनको बारेमा पत्रकार सम्मेलन गरेको छ। फेब्रुअरी ९ आइतबार दोङ्देमुन स्थित दर्शन नमस्तेको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सर्वोच्च अदालतले गैर आवासीय नेपाली सङ्घको सचिवालय तथा सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गठन गरेको उच्च स्तरीय समितिको संयोजक शेष घलेलाई नै मान्यता दिएको फैसला कार्यान्वयन पत्र प्रस्तुत गरिएको थियो भने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सम्बन्धको परराष्ट्र मन्त्रालयको पत्र पनि वाचन गरिएको थियो। उक्त पत्र कोरियाको दुवै एन आर एन ए लाई पठाइएको पनि जानकारी गराइएको थियो। यसै गरी कोरियाका लागि १२ सदस्यीय मूल आयोजक समिति तोकिएको पनि अवगत  गराइएको थियो। कोरियाको मूल आयोजक समितिमा केपी सिटौला, रुद्र शर्मा, गङ्गा राज राई, प्रकाश धमला, अग्नि कोइराला, दीपक पुन, जुनु गुरुङ, लक्ष्मी गुरुङ, गिरिराज कुँवर, ओम नारायण जुग्जाली, तेन्जी शेर्पा, र ईश्वर कठायत रहेका छन्।

कोरियामा सम्पन्न भएको एनआरएनएको चुनाव विधि विधान अनुसार नभएको, प्रवास बसाई २ वर्ष नपुगेकालाई जबरजस्ती साधारण सदस्य बनाइएको, चुनावी प्रणाली नै धाँधलीपूर्ण रहेको सी आइ बीको रिपोर्टमा उल्लेख भएको अध्यक्ष विपिन गुरुङले दाबी गरेका थिए। साथै अहिले सम्पूर्ण एन आर एन ए अभियानमा लागेकाहरू एक भएर सर्वोच्चले दिएको मिति भित्र एकताको महाधिवेशन सम्पन्न गराउन सहभागी हुन अनुरोध गरेका थिए।

“सर्वोच्च अदालतले दिएको म्यादभित्र एकता महाधिवेशन नगरिए मै आधिकारिक NRNA हुँ भन्नेको पनि कुनै अस्तित्व रहँदैन।” उनले थपे। गैर आवासीय सङ्घको एकताको महाधिवेशन हुन नसके सम्पूर्ण भवन सम्पत्ति सरकारको निगरानीमा हुने र भएका एन आर ए एन सबै खारेज हुने बताउँदै यहीँ भ्रम चिर्नलाई पत्रकार सम्मेलन गर्नुपरेको प्रस्ट पारे। यसै गरी महासचिव प्रशान्तराज बानियाँले सीमित व्यक्तिले पद पैसा र पावरको दुरुपयोग गरी एन आर एन ए लाई बन्धक बनाइनु हुँदैन भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनले सर्वोच्च अदालतको मर्म अनुसार एकता महाधिवेशनमा एक हुन आग्रह गर्दै समावेश नहुनेलाई ” भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न ” भन्दै धमिलिएको संस्थालाई एक बनाउनुपर्छ भन्ने धारणा राखेका थिए। केन्द्रबाट निर्देशन आएपछि संसार भरी एकसाथ साधारण सदस्यताको फारम भरिनुपर्ने तर कोरियामा कानुनी आधार बिना उच्च स्तरीय समितिको निर्देशन बिना सदस्यता फारम खोलिएको जिकिर गरेका थिए ।

एकता महाधिवेशन र सदस्यता फारम सम्बन्धी केन्द्रित रहेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नहरूमा पदाधिकारीहरूले जवाफ दिएका थिए।

कार्यक्रमको पूर्ण प्रषारण फोनिज कोरियाको आधिकारिक पेजमा उपलब्ध छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...