Advertisement
SKIP THIS

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई


नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन। अक्टोबर ६ तारिख आइतबार सम्पन्न आठौँ राष्टृय महाधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको हो। नेतृत्वका लागि धेरैको उमेद्वारी आएका कारण सहमति जुट्न धेरै समय लागेको थियो।

अधिवेशनबाट राईको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेल चयन भएका छन्।

ओएनएफ कोरियाको अध्यक्ष सिर्जना नेपालीको अध्यक्षता र नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्य रहेको अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सूर्य पाठक र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी अर्यालले आगामी २०८४ को चुनावमा नेकपा एमालेले बहुमत ल्याउने दाबि गरेकी थिइन्। साथै नेपाल विकास नहुनुमा अस्थिर सरकार र सामाजिक अराजकता नै मुख्य कारण रहेको औल्याउँदै नेपालीहरु धेरै नकारात्मकतामा रहेको प्रति चिन्ता व्यक्त गरिन्। यसैगरि नेपालले व्यवस्था परिवर्तनको लागि धेरै समय खर्च गरेको र अहिले निर्माणको चरणमा रहेकोले सबैले आ आफ्नो गाउं जिल्लाबाट विकासका लागि लागिपर्न पनि अनुरोध गरिन्।

कार्यक्रममा कोरियामा रहेका सकृय सामाजिक तथा राजनैतिक संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको पनि उल्लेख्य उपस्थिति रेहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...