गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक


अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ ।

मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो । गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो ।

मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु पर्यो भन्ने धेरै थियो । जस अनुसार दोस्रो कोसेली सबैले बुझ्ने सेलोमा ल्याउँदै छु । मोडल गौतमले भने, ‘कोरियामा कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयाेग गरेर आफ्नो गीतसंगीतसँग रमाउँदै र जहाँ भए पनि आफ्नै गीतसङ्गीत, भाषा, धर्म, संस्कृतिलाई अङ्गालेर संरक्षण, सम्बर्द्धनमा लागि रहेको छु ।’

गीतको भिडियोलाई दिपक थापाले छायाङ्कन र निर्देशन गरेको छ । अहिले पोस्ट प्रोडक्सनको काम लगभग सकिएको निर्देशक दिपक थापाले बताए । ‘थोरै काम मात्रै बाँकी छ, त्यो चाँडै सकिन्छ । यही शुक्रवार तिरै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको छ’ निर्देशक दिपकले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • जुलाई २१ का दिन गाउँ आएको बाटो सुवनमा प्रदर्शन हुँदै
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...