भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ भष्मे डन प्रदर्शन हुने


भूकम्प पिडित र विरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ यही नोभेम्बर १२ गते सुवन शहरमा नेपाली चल्चित्र भष्मे डन प्रदर्शन हुने भएको छ ।

जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्रद्धारा हाल मर्मत गरिरहेको बाँकेको विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ  “पशुपति प्रसाद-२ भष्मे डन” को च्यारिटी शो हुन लागेको हो । 

नमस्ते(फ्याफूल्ला)नमस्ते-KOREA को प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर “सुवन”अवस्थित “नामुनछम”को ठुलो मुभि  मेघा थेर्टर “MEGA BOX” मा हुने छ । उपस्थित भएर यस विशुद्ध समाजिक अभियानमा हातेमालो गरि सहयोग गरिदिनु हुन सम्पुर्ण कोरियाबासी नेपालीलाई आयोजकले  आह्वान गरेको छ ।  

‘पशुपतिप्रसाद’को स्पिन–अफको रुपमा निर्माण रहेको यो फिल्ममा विपिन कार्की भष्मे डनको भूमिकामा छन् । सौगात मल्ल,  रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म कात्तिक ४ गते देखी नेपालमा रिलिज भएको हो ।

कोरियामा भने कोरियामा ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले भित्र्याएको हो । यो फिल्म नोभेम्बर ५ मा सौल र बुसानमा एकैसाथ सफल प्रदर्शन भएको थियो ।  

थप जानकारी 

मितिः२०२३/११/१२ तारिक(आईतबार)

समयःदिऊसो २:००बजे

स्थानः경기도 수원시 팔달구 행궁로 71,메가박스 수원 남문점(MEGA BOX)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...