Advertisement
SKIP THIS

चौथो डेउ कप फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी डेउ फुटबल क्लब गजेदोलाई


चौथो डेउ कप फुटसल प्रतियोगिता २०२३ सम्पन्न  भएको छ ।  प्रतियोगितामा आयोजक टिम लुम्बिनी डेउ फुटबल क्लब गजेदोले उपाधि हात पारेको छ ।  

“खेलकुद कोष स्थापनार्थ ” को उद्धेश्य लिएर अक्टोबर २९ तारिख आइतबार किम्हे बुसान शहरम़ा सम्पन्न भएको हो ।  

उक्त फुटसल प्रतियोगिताको फाइनल खेलमा आयोजक लुम्बिनी डेउ फुटबल क्लबले फारन दमक फुटबल क्लबलाई शुन्यको बिरुद्ध १ गोल गरि बिजयी हासिल गरेको थियो l

“ए” पोलबाट सेमीफाइनल नाम्जी फुटबल क्लबलाई २ गोलको बिरुद्ध ४ गोलबाट पराजित गरि फारन दमक फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने “बि” पोलबाट बेलबारी फुटबल क्लबलाई १ गोलको बिरुद्ध 2 गोलबाट पराजित गरि लुम्बिनी डेउ फुटबल क्लब फाइनलको स्थान सुरक्षित गरेको थियो ।  

उक्त फुटसल प्रतियोगिताको बिजेता लुम्बिनी डेउ फुटबल क्लबलाई ट्रफि, मेडल, र प्रमाण पत्र सहित नगद ४० लाख वान र उप बिजेता फारन दमक फुटबल क्लबलाई ट्रफि, मेडल, प्रमाण पत्र सहित नगद २० लाख वान प्रदान गरिएको थियो । प्रतियोगिताको अवधि भर अनुशासित फुटबल टिम ( fairplay team ) बेलबारी फुटबल क्लबले नगद १ लाख वान सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्यो । साथै ब्यक्तिगत विधाहरुमा उत्कृस्ट खेलाडी बिशाल लिम्बु लुम्बिनी डेउ फुटबल क्लब, उत्कृष्ट गोलकिपर रबि योङ्हांग फारन दमक फुटबल क्लब, सर्बाधिक गोलकर्ता निशान कार्की लुम्बिनी डेउ फुटबल क्लबलाइ जनही एक एक लाख वान सहित मेडल, प्रमाण पत्र प्रदान गरिएको खेल संयोजक जय राईले जानकारी दिएको हो ।  दोस्रो राउण्डबाट प्रत्येक म्याचम़ा Man Of The Match ( Token Of Love  ) को पनि ब्यावस्था गरिएको थियो l 

कार्यक्रमको समापन समारोहम़ा नेपाल फुटबल महासंघ कोरियाका ब्रो तमू  आदिबासी जनजाती महासंघ बुसान शाखाकी अध्यक्ष परि गुरुङ्ग  तमू धी बुसान शाखाका अध्यक्ष गीता सिंह गुरुङ, समाजसेबी संजीब राई, समाजसेबी सानु राज मगर लगाएत अन्य सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।  

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...