ईलाम चियाबारी साङ्गीतिक धमाकाका लागि प्रकाश सपुत र रचना रिमालसँगै आधा दर्जन कलाकार
‘छुसक’को तेस्रो दिन सेप्टेम्बर ३० तारिखमा हुने इलाम चियाबारी साङ्गीतिक धमाका–२०२३ का लागि नेपाबाट चर्चित गायक प्रकाश सपुत, गायिका रचना रिमाल लगाएतका कलाकारको प्रस्तुति हुने भएको छ । जिल्लाको ग्रामीण क्षेत्रको स्वास्थ्य सामाग्री सहयोगार्थ सांगीतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश सपुत, चर्चित गायिका रचना रिमाल, एकदेव लिम्बु, पदम राई, दिपा सुहाङ र लक्ष्मण चोङवाङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । साथै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने बताएको छ ।
साङ्गीतिक धमाकामा प्रवेश शुल्क ३० हजार वन तोकिएको छ । कार्यक्रम स्थल सउल मेट्रो लाइन नं. १ को जोङरो ओगा स्टेशन नजिकै रहेको छ । कार्यक्रम स्थलसम्म पुग्न दोङदेमुनबाट बसको समेत व्यवस्था हुने आयोजकले बताएको छ । ‘सुर्योद्वय र हरियाली इलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान’ भन्ने मूल नारा राखेर सन् २०१४ मा कोरियामा रहेका इलामेलीहरुले स्थापना गरेको जिल्ला संस्था हो।