Advertisement
SKIP THIS

कोरियन श्रम मन्त्रालयद्वारा एमटियु दर्ता गर्न अस्विकार


लिलु डुम्रे

 

सोल-दक्षिण कोरियामा रहेका प्रवासी कामदारहरुको संगठन प्रवासी मजदूर युनियन (एमटियु) दर्ता गर्न कोरियन श्रम मन्त्रालयले अस्विकार गरेको छ | मन्त्रालयको नाममा सर्बोच्च अदालतले दिएको प्रवाशी मजदुर युनिएनको दर्ता आदेशलाई मन्त्रालयले पुन अस्विकार गरिदिएको हो ।

 

मन्त्रालयले “हाल लागु भैरहेको प्रवासी मजदुर नीतिमा सुधार गर्दै कार्य भिसा प्रणाली ( work permit system) लागु गराउन साथै मजदुर अधिकार सुनिस्चित गर्न एमटियुले संघर्ष गर्नेछ “ भनि राखिएको प्रस्तावना बुदाँमा गम्भीर असहमति जनाउदै युनिएनको दर्ता रोकिदिएको हो ।

 

 

दक्षिण कोरियाको सर्बोच्च अदालतले प्रवाशी मजद’र य’नियनलाई कान’नी मान्यता दिन श्रम मन्त्रालयको नाममा जुन २५ मा आदेश दिएको थियो । २००७ देखि विचाराधीन रहेको मुद्दामाथि स’न’वाई गर्दै आठ बर्ष पछि सर्वोच्चले प्रवाशी मजद’र य’नियनका पक्षमा फैसला गरिदिएको थियो । सोहि फैसला अनुसार जुलाई महिनाको २ मा आफ्नो बिधान लगाएत आवास्यक कागज पत्रहरु सोल श्रम विभागमा बुझाएको थियो ।

 

 

तर श्रम मन्त्रालयले बिधानमा संसोधन गर्न पत्र पठाएको थियो । प्रवाशी मजदुर युनिएन र श्रम मन्त्रालयको बिचमा भएको वार्ता अनुसार युनियनले बिधान संसोधन गर्ने सहमति जुलाई १४ मा गरियो । संसोधन गरिएको बिधान सहित बुझाइएको कागजात उपर तिन दिन भित्रमा दर्ता प्रमाणपत्र दिनुपर्ने प्रावधान छ । तर मन्त्रालयले प्रस्तावनामा राखिएको “हाल लागु भैरहेको प्रवासी मजदुर नीतिमा सुधार गर्दै कार्य भिसा प्रणाली ( work permit system ) लागु गराउन साथै मजदुर अधिकार सुनिस्चित गर्न एमटियुले संघर्ष गर्नेछ “ लाइ संसोधन गरि ल्याउन युनियनलाई पुन आग्रह गर्यो । प्रवाशी मजदुर युनियन उक्त माग प्रस्तावनाबाट हटाउने पक्षमा देखिएको छैन ।

 

 

युनियनले श्रम मन्त्रालयको ब्यबहार पूर्णरुपमा सर्बोच्च अदालतको फैसला , कोरियन संबिधान ,अन्तरास्ट्रिय मजदुर संगठनको सिद्दान्त र युएनको प्रवासी मजदुर सम्बन्धी दस्ताबेज बिरुद्द भएको भन्दै आपति जनाएको छ । कोरियामा प्रवासी मजदुरहरुले भोगी रहेको कम्पनी परिबर्तनका लागि सास्ती ,कम ज्यालामा लामो समय काम गर्नुपर्ने ,कार्यअवधि निश्चित बर्ष हुने ,कृषि क्षेत्रका मजदुरमा भएको भेदभाब र प्रवासी मजदुरहरुले गर्ने आत्माहत्या जस्ता समस्याको पूर्ण रुपमा समाधान गर्न कार्य भिषा प्रणाली एक मात्रै बिकल्प हुनसक्ने युनियनको ठहर छ ।

 

 

प्रवाशी मजदुर युनियनका अध्यक्ष उदय राइले भने मजदुरका विपक्षमा हुने गरि मन्त्रालयले भने अनुसार संसोधन गर्न सकिदैन । एमटियुले मन्त्रालयलाई दबाबका लागि धर्ना लगायतका बिरोधका कार्यक्रम राखेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...