आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन


दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ।

यस सँगै निवर्तमान राष्ट्रपती मुन जे इनले सन् २०२० सम्ममा नै न्युनतम पारिश्रमिक प्रति घण्टा १० हजार वोन पुर्याउने भनेर गरेको प्रतिबद्धता ४ बर्ष पछिपनि पुरा नहुने भएको छ ।

हाल न्यूनतम पारिश्रमिक निर्धारण समितिमा ८ श्रमिक सदस्य (९ सदस्य मध्ये एक बर्खास्त), ९ रोजगारदाता सदस्य र ९ जनहित सदस्य गरी जम्मा २६ सदस्य छन् ।

श्रमिक र व्यवसायी पक्षहरू तीव्र रूपमा विभाजित रहँदा र सहमतिबाट निर्णयमा पुग्न नसक्दा समितिले मतदानमा न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो। उक्त समितिको मङ्गलबारदेखि सेजोङको केन्द्रीय सहरमा सुरु भएको बैठकले बुधबार यस्तो निर्णय गरेको हो । मतदान हुँदा ९ हजार ८६० को पक्षमा १७ मत, श्रमिक सर्कलले सुझाव दिएको १० हजारका लागि ८ मत र १ मत बदर भएको थियो ।

सुरुमा श्रमिक पक्षले सुरुमा २०२४ को न्यूनतम पारिश्रमिकको रूपमा १२,२१० वोन प्रस्ताव गरेको थियो । जुन यस वर्षको ९,६२० वोनको तुलनामा २६.९ प्रतिशतले वृद्धि थियो । तर पछि १० हजार वोनमा झरेको थियो ।

आगामी वर्षको न्यूनतम पारिश्रमिक पुनरावलोकनका लागि श्रममन्त्रीले गत मार्च ३१ गते समितिलाई औपचारिक अनुरोध गरेको थियो । समितिले यस वर्षको न्यूनतम पारिश्रमिक तोक्न ११० दिन लगाएको हो । यो अगाडिको बर्षहरुमा भन्दा धेरै समय हो । यसअघिको २०१६ मा आयोगले १०८ दिन लगाएको थियो।

न्यूनतम पारिश्रमिक १०.९ प्रतिशतले बढेर २०१९ मा ८,३५० वोन, २०२० मा २.८७ प्रतिशतले ८,५९० वोन, २०२१ मा १.५ प्रतिशतले ८,७२० वोन, २०२२ मा ५.०५ प्रतिशतले ९,१६० वोन र यो वर्ष ५ प्रतिशतले बढेको थियो ।

कानून अनुसार समितिले श्रम मन्त्री समक्ष नयाँ न्यूनतम पारिश्रमिक पेश गर्नुपर्ने हुन्छ र त्यसपछि सार्वजनिक रूपमा घोषणा गर्नुपर्ने हुन्छ ।

दुबै पक्षले सम्झौतामा आपत्ति जनाउन सकिन्छ । यसको अन्तिम निर्णय लिने अधिकार श्रम मन्त्रीको रहेको छ । मन्त्रीले आवश्यक ठानेमा समितिलाई पुन: मूल्याङ्कन गर्न अनुरोध गर्न सक्छन्। तर, सन् १९८८ मा न्यूनतम पारिश्रमिक प्रणाली लागू भएदेखि अहिलेसम्म पुनर्मूल्याङ्कन भएको रेकर्ड छैन।

यदि अर्को वर्षको न्यूनतम पारिश्रमिकलाई मासिक पारिश्रमिक (२०९ घण्टाको आधारमा) मा परिणत गरियो भने, यो २०,६०,७४० वोन हुनेछ, र अर्को वर्षदेखि, न्यूनतम पारिश्रमिक श्रमिकहरूले प्रति महिना थप ५०,१६० वोन पाउनेछन्।

न्यूनतम पारिश्रमिक समितिले यस् निर्णयलाई रोजगार तथा श्रम मन्त्रालयलाई बुझाउँछ र रोजगार तथा श्रम मन्त्रालयले अगस्ट  ५ गतेसम्म घोषणा गर्दछ ।

नयाँ पारिश्रमिक अन्तिम भएमा जनवरी १, २०२४ देखि लागू हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...