घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट राजकुमार स्याङतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष बुद्धि बहादुर तामाङ, प्रिती लामा, शुभराज भोम्जन र गणेश तामाङ रहेका छन् । महासचिवमा दावा फिन्जो तामाङ, सचिव निर योन्जन, लिला बहादुर तामाङ र सुरेश थोकर निर्वाचित भएका छन् । कोषाध्यक्ष पासाङ बोम्जन (प्रयत्न) र सदस्यमा केशवमान तामाङ चुनिएका छन् ।
अधिवेशनमा कोरियामा रहेका विभिन्न जातीय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थियो । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दीपक पुनले विभिन्न जातजाती एउटै बगैचाको फूल भए पनि शासन सक्ताले मलजल गर्नुको सट्टा हाँगा, जरा काटेको फूल भएको बताए । फल्न र फूल्नका लागि उचित वातावरण हुनु पर्नेमा फूल्ला कि भनेर जरा नै काट्ने गरेको हो । हामी नत्र समान रुपमा फल्ने फुल्ने र नेपाललाई सुन्दर बनाउने गर्न सक्थ्यौं । उनले भने । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विशन राईले नेपालको आदिवासी जनजाति जहिल्यै हेपिएको अवस्था रहेको बताए ।
कार्यक्रमलाई जुम मार्फत घेदुङ संघीय सहअध्यक्ष कुमार घिसिङ, तमूँ धिं दक्षिण कोरियाका अध्यक्ष लेशन गुरुङ, बाग्मती प्रदेश एकता समाजका अध्यक्ष विपी पौड्याल, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरी, सोलुखुम्बु समाजका अध्यक्ष राजु राई, जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री, काभ्रेसम्पर्क समितिका अध्यक्ष प्रकाश योञ्जन, नेपाल तामाङ घेदुङका सल्लाहकार दावा तामाङ, मेघ वाईवा, घेदुङका संरक्षक सोम तामाङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष गोकुल थोकर, घेदुङ जेजु शाखाकी अध्यक्ष सुनिता ब्लोन, घेदुङ ख्याङसान बुसानका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...