Advertisement
SKIP THIS

कोरियामा अवैधानिक बसोबास गर्ने विदेशीहरु माथी कडा धडपकड गर्ने


दक्षिण कोरियाको सरकारले २ महिना सम्म अबैधानिक बसोबास गरि रहेका विदेशी मजदुरहरु माथी संयुक्त रुपमा व्यापक धडपकड गर्ने योजना रहेको कोरियाली समाचारपत्रहरुले जनाएको छ ।

कोरियाको कानुन तथा न्याय मन्त्रालयले गत फेब्रुअरी २६ तारिख आगामी मार्च २ तारिख देखि अप्रिलको ३० तारिख सम्म अवैधानिक बसोबास गरि रहेको विदेशी माथि संयुक्त रुपमा धडपकड गर्ने घोषणा गरेको जनाएको छ । घोषणा पत्रमा प्रहरी, श्रम मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय र समुन्द्री प्रहरीको संयुक्त टोलीले कोरियामा अवैधानिक रूपमा बसोबास गर्ने विदेशीलाई धडपकड गर्ने योजना रहेको बताएको छ । कोरियन नागरिकहरुको रोजगारीलाई अतिक्रमण गर्ने विदेशी, अवैधानिक विदेशीहरुलाई रोजगारी दिने कम्पनी, गैरकानुनी रुपमा कोरिया प्रवेश गर्ने विदेशी, रोजगारीका दलालहरू माथि पनि कारबाही केन्द्रित गर्ने जनाएको छ ।

कोरिया सरकारले धडपकडको क्रममा माग गरिका डाटाहरु बिना कारण पेश गर्न अस्वीकार गरे अख्तीयारी गर्ने जनाएको छ । अनुसन्धानबाट पक्राउ परेका अवैधानिक विदेशीहरूलाई देश निकाला गरेर पुन कोरिया प्रवेशमा प्रतिबन्ध लगाइने बताएको छ । सरकारले यस धडपकडलाई शुरुवातीको रुपमा लिई आवश्यकता अनुसार संयुक्त धडपकड टोली गठन गरि “निरन्तर धडपकड प्रणाली“ सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । विदेशीहरू बढी बसोबास गर्ने क्षेत्रमा संयुक्त रुपमा निरीक्षण र गस्ती पनि एकै समयमा सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

कानुन तथा न्याय मन्त्री हान दोङ–हुनले भन्नु भयो, “यो वर्ष अवैधानिक बसोबास गर्ने विदेशीहरु घटाउने ५ वर्षीय योजनालाई कार्यन्वयन गर्ने पहिलो वर्ष पनि भएकोले व्यापक रुपमा कडा धडपकड मार्फत बसोबासमा व्यवस्थीत नितीनियम कायम गर्न सक्दो प्रयास गर्नेछौ । “

कोरियाको कानुन मन्त्रालय अन्र्तगतको अध्यागमन कार्यलयको तथ्याङ्ग विभागका अनुसार हाल कोरियामा बसोबास गर्ने विदेशीहरुको संख्या ४ लाख १० हजार रहेको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...