Advertisement
SKIP THIS

जेजुदोमा सोनाम ल्होछार


नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले पहिलो पटक सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गरी मनाएको छ । मञ्जुश्री सम्वत् २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो ।

जेजुमा सन् २०२१ मा घेदुङकाे क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ केन्द्र सौलका  उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो ।

उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको हुनसक्पछ । यसलाइ पाठकाे रूपमा लिएर आगामी दिनको सुधार्ने छाैं  ।’ उनले भनिन् ।

कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भएको थियो । ल्होछारको सांगीतिक कार्यक्रमको लागि नेपालबाट चर्चित गायक आशुसेन लामा आइपुगेका थिए । उनले आधा दर्जन सेलो तथा नेपाली चर्चित गीतहरु गाएर दर्शक नचाएका थिए। सांगीतिक प्रस्तुतिमा गायिका रिचा ब्लोन तामाङ, र्यापर जिएम जोन थियो । र नृत्यमा प्रतिज्ञा लामा, प्रतिक तामाङ, झरना वि.क. प्रस्तुति थियो । ल्होछार कार्यक्रममा तामाङ सेलो र म्हेन्दोमाया गीतमा दर्शक सबै नाचेका थिए । प्राविधिकमा धर्मराज गाैतमले सहयोग गरेका थिए। कार्यक्रममा घेदुङ जेजुदो शाखाले गायक आशुसेन लामा, नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङ, ख्याङ्साङ शाखाका अध्यक्ष धनराज तामाङ, गायिका रिचा ब्लोन तामाङ र धनजित तामाङलाई मायाको चिनोको साथमा दोसल्लाले सम्मान गरेको थियाे ।  नेपालबाट ल्होछार पूजाको सामग्रीहरू थाङ्का, सगुन पोङ, नाङसाल, दार्ज्यु, बुद्धिष्ट झण्डा लगायत तामाङ चलचित्र निर्देशक विनय दोङ तामाङले समयाेजन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ घेदुङ ख्याङ्साङ शाखाका अध्यक्ष धनराज तामाङ, एनआरएनए जेजुदो शाखाका अध्यक्ष सुमन हाङश्रोङ, एनआरएनए निवर्तमान संयोजक कमल प्याकुरेल, किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य अर्जुन तुम्बापो, नेपाल आदिवासी जनजाति महासंघका सचिव सरिता राई, तमु धीका सचिव रुपक गुरुङलगायतका अथितिहरुकाे सहभागीता थियाे ।

तस्विरमा जेजु ल्हाेछार

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...