Advertisement
SKIP THIS

काेरियामा मृत्यू भएका नेपालीकाे शव नेपाल पठाउ


रोजगारी तथा बिभिन्न शिलशिलामा दक्षिण कोरिया आएर मृत्यु हुने नेपालीको शव नेपाल ल्याउदा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्न कोरिया स्थित नेपाली संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले माग गरेका छन ।

सोमबार विभिन्न ६ वटा संघ संस्था तथा राजनितीक दलाका भातृ संगठनले कोरिया स्थित नेपाली दूतावासमा पुगि संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । यसरी संयुक्त ज्ञापन पत्र बुझाउने संघ संस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुमा एनआरएनए दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा, नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया, प्रवासि नेपाली मन्च दक्षिण कोरिया, नेपाली जनप्रगतिशिल मन्च दक्षिण कोरिया, नेपाल आदिवासि जनजाती महासंघ दक्षिण कोरिया छन ।
ज्ञापन पत्र बुझाउन एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष किशन गौतम, नेपाली जनसम्पर्क समिति कोरिया सभापति भजिन्द्र बहादुर क्षेत्री, जनप्रगतिशील मन्च कोरियाका बरिष्ठ उपाध्यक्ष जिवन खतिवडा, कोषाध्यक्ष बिबि स्याङ्तानले दूतावासमा उपस्थिति जनाएका थिए ।
ज्ञापन पत्र बुझ्दै आज नै उक्त पत्र सम्बन्धित निकायमा पुर्याएर थप पहल अगाडी बढाइने तथा गस्ता गम्भीर विषयमा नेपाली संघ संस्थाले बेला बेलामा सरकारलाइ खबरदारी गरिरहनु पर्ने प्रतिकृया दुतावासले दिएको छ ।
एउटा मृतकको शव नेपाल पुर्याउन एक करोड २३ लाख कोरियन वन अर्थात १२ लाख नेपाली रुपैया भन्दा धेरै खर्च लाग्ने गरेको छ। दूतावासले ५४ लाख अर्थात ५ लाख ४० हजार मात्र उपलब्ध गराउदै आएको उक्त ज्ञापन पत्रमा उल्लेख छ। यसरी एउटा शव नेपाल पुर्याउन लाग्ने खर्चको आधाभन्दा कम खर्च मात्र उपलब्ध हुने गरेकाे हुदा सम्पुर्ण खर्च नेपाल सरकारलाई बेहोर्न दूतावास मार्फत ज्ञापन पत्र बुझाइएको पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष किशन गौतमले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...