Advertisement
SKIP THIS

कोरियाको तीन सहरहरुमा एकै दिन तमू ल्होसार मनाउने


कोरिया स्थित जातीय संस्था तमू धींले एकै दिन प्रमुख तीन सहरहरुमा आफ्नो मौलिक पर्व तथा नयाँ वर्ष तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै कोरियाको सउल स्काई पार्क होटल, थेगुको मेइल गार्डेन र बुसानको जिकेएस हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी एकैपटक ल्होसार मनाउने भएको हो ।

तमू धीं दक्षिण कोरिया केन्द्रद्धारा आयोजित सउल दोङ्देमुनमा अवस्थित स्काई पार्क होटलमा मनाइने ल्होसारमा नेपालबाट आमन्त्रित कलाकार उषा गुरुङको प्रस्तुति रहने संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले जानकारी दिए । उता तमू धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा मेइल गार्डेनमा मनाइने ल्होसारमा दि भ्वाइस अफ नेपाल सिजन ४ नकआउट राउण्ड सम्मको यात्रा तय गरेकी कलाकार पवित्र गुरुङको प्रस्तुति रहने सोही शाखा अध्यक्ष गणेश गुरुङले बताए । समय सापेक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले भने बुसानको जिकेएस हलमा स्थानीय कलाकारहरुको साथमा ल्होसार मनाउने ब्यापक तयारी भइरहेको सोही शाखा अध्यक्ष कर्ण गुरुङले स्पष्ट पारे ।

सोही अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम रहने र तमू समूदायको मौलिक गीत घाँटु, झोरा, कौडा तथा सोरठी लगायतको प्रस्तुति सहित स्वादिष्ट नेपाली खानाको व्यवस्था गरिने उक्त “तमू ही-ल्होसार २०७९” लाई सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू तथा गैर तमू दाजुभाई, दिदीबहिनीहरु एवं संघसंस्थाहरुलाई आफूलाई पायक पर्ने स्थानमा गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...