Advertisement
SKIP THIS

कोरियन नयाँ वर्ष सलनालमा र्‍यापर दोङको सांगीतिक धमाका रहने


पछिल्लो समय अति चर्चामा आएको महेश तामाङ उर्फ र्‍यापर दोङको साथमा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर विशेष सांगीतिक प्रस्तुति नेपकोर नाईट पार्टी २०२३ हुने भएको छ । कोरियाको राजधानी सउलमा आउँदो जनवरी २२ तारिक नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपद्धारा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।

युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा र्‍याप दोङको प्रस्तुतिले नेपाली र्‍याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक ढुक्क छ ।

सउलमा अवस्थित एक सुविधायुक्त डान्स पार्टी हलमा विशेष सुरक्षा र संयमताका साथ आयोजना गरिने सो कार्यक्रमको अन्य विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको छ । यसभन्दा अगाडि थुप्रै पटक सफल र सौहार्दपूर्ण वातावरणमा सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेको नेपकोर ईन्टरटेन्मेन्ट ग्रुपले मुनाफाको केही हिस्सा मानवसेवामा समर्पित गर्दै विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसर रहँदै विभिन्न दुःख विपतहरुमा सहयोग गर्दै आईरहेको छ ।

नेपाली र्‍याप गीत संगीतको मनोरञ्जनसँगै पुण्य आर्जनमा जोडिएको र्यापर दोङको साथमा नेपकोर नाईट पार्टी २०२३ मा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...