कोरियामा ऐना झ्यालको पुतली प्रर्दशन हुने


नेपालमा सफलता पुर्वक चलिरहेको चलचित्र ऐना झ्यालको पुतली कोरियामा प्रर्दशन हुने भएको छ । फोनिज कोरियाले सोल शो गर्नेछ भने अन्य क्षेत्रमा क्षेत्रीय र जातीय संघसंस्थाले चलचित्र प्रदर्शन गर्ने भएका हुन् ।
‘यो चलचित्रका पात्र हामी आफै हौं । यसको कथा हाम्रो आफ्नै जीवन भोगाई हो । हाम्रै कथा भएकोले चलचित्र स्तरिय वनेको छ । त्यसैले यस पटक नेपालको प्रतिनिधित्व गर्दै यो चलचित्र ओस्करमा गएको छ । स्तरिय चलचित्रसँग हाम्रो सहकार्य गर्न पाउनु भनेको हाम्रो लागि पनि गर्वको विषय हो ।’ फोनिजका अध्यक्ष गोकुल थोकरले भने ।
बुसान फिल्म फेस्टिभल, ढाका अन्तराष्ट्रिय फिल्म फेस्टिभल, एसिया प्यासेफिक स्किन अवार्ड जस्ता अन्तराष्ट्रि फिल्म फेस्टिभलमा यो चलचित्र प्रर्दशन भैसकेको छ । नेपालमा चौथो हप्तामा प्रदर्शन भैरहेको चलचित्र नेपालको प्रतिनिधित्व गर्दै यो पटक ओस्कर फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएको छ ।
संखुवासभामा छायाङ्कन भएको चलचित्रमा लक्ष्मी चिमोरिया, दिनेश खत्री, सिरु विष्ट, अशोक शिवकोटी, उमेर श्रेष्ठ लगाएतका कलाकारले अभिनय गरेका छन् । लोकल सिनेमाको प्रस्तुति रहेको चलचित्रलाई लेखन तथा निर्देशन सुजित विडारीको रहेको छ ।
कोरियाको विभिन्न क्षेत्रमा प्रर्दशन गर्न चाहनेले ०१०९६९०१९२१ मा सम्पर्क गर्न सक्नेछन् भने सोल शोको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । आफ्नो टिकट लिनका लागि 전북은행 JB Bank (037) 1013011819316 (Yonjan Amir) पैसा जम्मा गर्न सकिने छ । चलचित्रको टिकट शुल्क २५ हजार वन रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • स्वप्निल क्रीएसनको टाढा भएपनि -२ फिमेल भर्सनको चर्चा चुलिदैँ
  • ताप्लेजुङ कञ्चनजङ्घा सांगीतिक धमाका २०२३ को पोस्टर सार्वजनिक
  • राजु राईको “सपनाको देश कोरियामा” पुस्तक विमोचन हुँदै ।
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित तमू ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

    वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् । कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत ...

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन