Advertisement
SKIP THIS

कोरियाबाट स्याङ्जा कालीगण्डकीका दुई परिवारलाई पौने दुई लाख रुपैंया सहयोग


स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका स्थितको दुई पिडित परिवारलाई कृष्ण गण्डकी समाज दक्षिण कोरियाको पहलमा संकलित रु. १,७२,३५० सहयोग गरेको छ ।

कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी पालिचौर निवासी ब्लडक्यान्सर विरामी कृष्णप्रसाद भट्टराईको भरतपुर अस्पतालमा उपचारका लागि अभियान चलाउँदै गरेपनि उपचारको क्रममा मृत्यु भएपछि बिरामीको बुवा, श्रीमतीलाई रु. ८६,१७५/- छोरी कृषाको १० बर्षे बालबचत मुद्धती खातामा जम्मा रहने गरी रकम प्रदान गरिहेको हो भने सोही गाँउपालिका – ७ बरडाँडा निवासी श्री तिल बहादुर थापाको बिगत ५ वर्ष देखि मेरुदण्ड रोग (प्यारालाईसिस) उपचारको लागि आर्थिक अभावको कारण राम्रो उपचार नपाईरहेको अवस्थामा रु. ८६,१७५ साथै सिता कुमारी गाहा दर्लामी, छाप (हाल पोखरा कास्की तर्फबाट रु. ५५,००) गरी जम्मा एकमुष्ट रु.९१,६७५ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गत शनिवार सम्पन्न सहयोग हस्तांतरण कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष द्धय प्रकाश भट्टराई र हरी न्यौपाने, सल्लाहकार रेम थापा, सदस्य पशुपति भट्टराई, दुर्गा भट्टराई, शेरबहादुर थापा, समाजसेवी ज्ञानप्रसाद भट्टराई,होमराज भट्टराई, शिक्षक तथा समाजसेवी रामप्रसाद भट्टराई,टंकनाथ भट्टराई, काशिराम भट्टराई, पुनम थापा, शेर बहादुर थापा तथा युवाहरु शिव न्यौपाने, बालकृष्ण भट्टराई, पिताम्वर भट्टराई , नारायण प्रसाद भट्टराई, शिक्षक कृष्ण बहादुर थापा, नन्द बहादुर गाहा, सन्देश भट्टराई, कुशल भट्टराईको उपस्थितिमा शनिबार आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

मानवीय संवेदनामा रहेर सहयोग संकलन अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति कृष्णगण्डकी समाज दक्षिण कोरियाका अध्यक्ष टिका पाण्डेयले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...