Advertisement
SKIP THIS

गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग


कोरियामा रहेको जातीय संस्था तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ चिसापानी स्थित गुरुङ समुदायको पुरोहित, लामा र गुरु पुर्नउत्थानका लागी करिब असी हजार रुपैंया सहयोग गरेको छ । गुरुङ समुदायको विश्वास, प्रचलन र परम्परामा आधारित धार्मिक विषयलाई पक्षपोषण गर्ने उद्धेश्यले गत बुधबार सो रकम हस्तान्तरण गरिएको हो ।

बदलिंदो युग, आधुनिकिकरण र परिवेशले प्रभाव पारिरहेको गुरुङ समुदायको संस्कारिक गतिविधिहरुको संरक्षण गर्न र लोपोन्मुख सामाग्रीहरुको जुटाउन सहज होस् भन्ने अभिप्रायले आर्थिक संकलन गरिएको अभियानका संयोजक एवं तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका उपाध्यक्ष गीतासिंह गुरुङले बताए । सो रकमले नयाँ लामा, गुरु, पुरोहित उत्पादन गर्नका लागी खर्च गरिने, गुफा बस्ने अर्थात् घोम्मर राख्ने प्रक्रियाको आवश्यक सामाग्री किन्ने बताईएको छ । “संस्कार जोगाऔं संस्कृति जोगाऔं, लामा गुरु, पुरोहित जोगाऔं” अभियानका अभियन्ता सुनिल गुरुङले आफ्नो समुदायको प्रक्रिया अनुसार कुनै शुभकार्य, कर्म काण्डको र पितृ कार्य(अर्घौ)को लागि आफूहरु सदैव तत्पर रहेको जानकारी दिए । कार्यक्रममा जनजागरण तमू समाज सिम्लेका सचिव पूर्ण बहादुर गुरुङ, कोषाध्यक्ष मोती गुरुङ लगायतका समाजका विशेष व्यक्तित्वहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष कर्ण गुरुङले प्रवासमा रहेर पनि संस्थाले आफ्नो जातीय मौलिक परम्परा, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धनमा प्रत्यक्ष, अप्रत्यक्ष टेवा पुर्याईरहेको सन्दर्भ उल्लेख गर्दै यस अघि नेपालको विभिन्न जिल्लामा रहेको गुरुङ बस्तीहरुमा गुरुङ भाषा सिकाउने उद्धेश्यले गुरुङ भाषा कक्षा सञ्चालनको लागि तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यालय काठमाडौंलाई अक्षय कोष स्थापनाका लागि तीन लाख रुपैंया सहयोग प्रदान गरिसकेको स्पष्ट पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...