Advertisement
SKIP THIS

एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने


नेपालमा लगानीको अवस्था र सम्भावनाका विषयमा एनआरएनए काेरियाले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम यही फेब्रुअरी १२ तारिखका दिन काेरियन समय बेलुकी ८ बजे गरिने भएको हो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र विशेष अतिथिकाे रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सहभागी हुने भएको छ ।

“श्रमको सम्मान,श्रमिकलाई बित्तिय ज्ञान “भन्ने मुल नाराका साथ नेपालमा लगानीको अवस्था र सम्भावना बिषयमा आधारित रहेर जुम मार्फत भर्चुअल सो अन्तरक्रिया कार्यक्रमको तय भएको हो । कार्यक्रमले बिशेष रूपमा दक्षिण कोरियामा श्रम, ब्यापार, अध्ययन एवं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुनसक्ने बताउँदै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन् ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाले नेपाल सरकारको “आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा” को बुदा नं. ६८ मा उल्लेखित “गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गर्नका लागि संचालनमा ल्याईएको एनआरएनएहरुका लागि डलर खाता साथै विदेशमा रहेका नेपालीहरुका लागि देशमा सुरक्षित आर्थिक लगानी एवं सम्भावना, वैधानिक रेमिटेन्सको महत्व, क्रिप्टाेकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पर्ने प्रभाव लगायत अन्य विषयहरुमा जानकारी प्रदान गर्ने कार्यक्रमको मूल उद्धेश्य रहेको जनाईएको छ । कार्यक्रमबाट समग्र नेपाली अर्थतन्त्रको वृद्धि विकासमा टेवा पुग्ने भएकोले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई सहकार्यका लागि गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सन्जिव राईले हार्दिक अपिल समेत गरेका छन् ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण रहेको तथ्यलाई जोड्दै एनआरएनए काेरियाका महासचिव रोशन भट्टराईले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका बहुसंख्यक नेपालीहरुले नेपाल पैसा पठाउन बैधानिक माध्यम प्रयोग गर्ने र यसले नेपाली अर्थतन्त्रको खस्केको अबस्थालाई सुधार गर्नका निम्ति अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै हुन्डी लगायत अन्य अबैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकोले एनआरएनए काेरियाको महत्वपूर्ण अभियान मध्ये वैधानिक रेमिट्यान्स नेपाल भित्राउने पनि भएकोले यो कार्यक्रममा गर्न लागिएको बताए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनए काेरियाका प्रवक्ता सन्तोष खड्काले जानकारी दिए । उक्त कार्यक्रममा जुमको भर्चुअल माध्यमबाट जोडिन सकिने र विभिन्न सञ्चार माध्यमबाट पनि प्रत्यक्ष लाईभ प्रशारण गरिने भएकोले काेरिया लगायत विश्वभरबाट हेर्न सकिने एनआरएनए काेरियाका उपाध्यक्ष मनाेज गाैतमले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...