Advertisement
SKIP THIS

चितवन सम्पर्क समिति द.कोरियाको सत्रौं अधिवेशनबाट राजकुमार स्याङ्तन नेतृत्वको कार्यसमिति गठन


चितवन सम्पर्क समिति दक्षिण कोरियाको सत्रौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आइतबार विजय अर्यालको सभाध्यक्ष र माननीय पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष राजकुमार स्याङ्तनको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष रामकुमार चौधरीले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना, समृद्ध चितवन हाम्रो परिकल्पना” भन्ने मूल नारालाई आत्मासाथ गर्दै सन् २००१ मा स्थापित चितवन सम्पर्क समितिको उक्त अधिवेशनमा विशिष्ट अतिथिहरुमा संस्थाका संस्थापक संरक्षक जगन्नाथ वली, वरिष्ठ सल्लाहकार गिरीराज कुँवर, निवर्तमान अध्यक्ष लिलाकान्त महतो, वुमन फर वुमन फरका निवर्तमान अध्यक्ष पद्मा श्रेष्ठ, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष समीर के.सी. र सोही संस्थाको संयोजक राजन श्रेष्ठ, एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन, बागमती प्रदेश दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सूरज दर्लामी लगायत अतिथिको रुपमा कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रपछिको बन्द सत्रमा संस्थापक संरक्षक जगन्नाथ वलीको संयोजकत्वमा सदस्यहरु डा. किशोर कोईराला र पद्मा श्रेष्ठ सहित बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । संस्थाको सत्रौं अधिवेशनबाट अध्यक्षमा राजकुमार स्याङ्तन, वरिष्ठ उपाध्यक्ष सागर सापकोटा, उपाध्यक्ष समुन्द्र अर्याल, उपाध्यक्ष अमित चौधरी, महासचिव विनोद चौधरी, सचिव पूर्णकला कुँवर, सचिव गोविन्द चौधरी, कोषाध्यक्ष रामकुमार चौधरी र सदस्यहरुमा देव चौधरी, रविन्द्र बुढाथोकी, अजित लामा सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा थाकस कोरियाका अध्यक्ष शिव शंकर थारुको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका महासचिव सागर सापकोटाले गरेका थिए । चितवन सम्पर्क समिति दक्षिण कोरियाको सत्रौं अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...