कोरियाको नामी सममा विताएका चार घण्टा


दक्षिण कोरियाको एक प्रसिद्ध पर्यटकीय स्थान नामी सम अर्थात नामी टापु पुग्ने मौका यो पाली जुरयो । कोरियामा जोसेन वंशको सातौँ राजा सेजोको पालामा त्यस बेलाका प्रख्यात सैनिक जनरल नामीलाई राजद्रोहको झुटा मुद्दा लगाई मृत्युदण्ड दिए पश्चात उनकै नाममा सन 1944 मा हान नदीलाइ थुनेर बनाइएको मानव निर्मित यस आइसल्याण्डमा बार्षिक 30 लाख भन्दा बढिले भ्रमण गर्ने गर्दो रहेछन् , जुन ठाउँ कोरियाको राजधानी सौल देखि 54 किलोमिटरको दुरीमा अबस्थित छ। चिल्ला र फराकिला सडकका साथै रेल मार्गको पहुँच समेत रहेको सो स्थानमा धेरैले शरद ॠतुमा बिभिन्न रङमा सजिएका पातहरू र वसन्त ऋतुमा फूल्ने फूलहरूको मनमोहक दृश्य कैद गर्न पुग्ने गर्छन्।

कमैले मात्र त्यस आइसल्याण्डमा संरक्षण गरेर राखिएका पशु पंक्षीहरूलाइ महत्व दिन्छन्, यस पटकको भ्रमणमा रङ्गिचङ्गी पातहरू धेरै झरिसकेको हुनाले मैले त्यहाँ रहेको अष्ट्रिच,डाँफे, खरायो, न्याउरीमुसाहरू संग बढि समय व्यतित गरेँ। कस्तो मनोरम! मान्छेहरू संग मिलनसार भैसकेका ति पशु र पंक्षीहरूको चञ्चलताले मन निकै प्रफुल्लित भयो, पार्कभित्र रहेको कोरियन म्युजिक संग्राहलय, पुस्तक संग्राहलयको समेत अबलोकन भयो, भोक मेटाउनको लागि पार्क भित्रै पर्याप्त खाजा घरहरू रहेका छन् साथै पर्याप्त सार्वजनिक सौचालयहरू छन, फोहोर ब्यबस्थापनको लागी ठाउँ ठाउँमा फोहोर जम्मा गर्ने डस्टविनहरू राखिएकोले पार्कमा कतै पनि फोहोर देखिँदैन,।

पार्क घुम्दै जाँदा अन्य देशहरू संगै नेपालको झण्डा र नमस्कार अङ्कित समानान्तर चतुर्भुज समेत भेटियो , अन्य भन्दा निकै पृथक रहेको नेपालको त्रिकोणयुक्त झण्डा गर्व गर्न लायक देखिन्थ्यो। करिब चार घण्टाको हतारको घुमाई पर्याप्त हुने कुरै थिएन, मनोरञ्जनका लागि बन्जी जम्प, जीप फ्लाई, जल सफर, आइसल्याण्ड भित्र कुद्ने रेल साथै साईकल लगायतका बिभिन्न साधनहरू भाडामा लिएर समेत उक्त ठाउँको सफरलाई अरू यादगार बनाउन सकिने रहेछ, समग्रमा भन्नुपर्दा पर्यटकलाई बिहान देखि बेलुकी सम्म मज्जाले भुलाउन सक्षम छ नामिसम ।

मिति 13 नोभेम्बर 2021 को दिन कोरियाको उइजंबु बिदेशी परामर्श केन्द्रको प्रायोजनमा कोरियाको ख्यङ्गिदो प्रान्तमा रहेर कृषि फार्ममा काम गरिरहेका नेपाली र म्यानमार कामदारहरूको लागि कोरियाको खाङ्वन्दो प्रान्तमा रहेको नामिसम आइसल्याण्डमा संयुक्त भ्रमण कार्यक्रमको आयोजना गरेको थियो जसमा नेपालीहरूको नेतृत्व उइजंबु बिदेशी परामर्श केन्द्रमा दोभासेको रूपमा काम गरिरहनु भएका लाक्पा शेर्पा सरले गर्नुभएको थियो।

लेखक
समीप खेम पुन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...