Advertisement
SKIP THIS

सिंजाली मगर र भिमसेन के.सी. को श्रद्धांजलि कार्यक्रम सम्पन्न


अशोक पोख्रेल –

गत हप्तता कोरीयाको यांगसन ख्ययांसन-नाम्दोमा मोटर साइकल दुर्घटनामा परि मृत्यु भएका नवलपरासीका राम सिंजाली मगर र स्याङ्जाका भिम सेन के.सी को श्रद्धांजलि कार्यक्रम सम्पन्न गरिएको छ। यही जुलाइ १२ तारिकका दिन किम्हे शहर अबस्थित किम्हे माइग्रेण्ट हाउसमा र बुसान वुजोङदोङ पि.एम.एफ हल दुइ ठाउँमा गरिएको थियो।

किम्हे माइग्रेण्ट हाउसमा गरिएको श्रद्धांजलि कार्यक्रममा, माइग्रेण्ट हाउसका अध्यक्ष यज्ञ राज सुवेदीले घटनाको बारेमा उपलब्ध दृश्य तस्वीरहरू का साथमा जानकारी गराउँदै, लाग्ने खर्च,  नेपाल पठाउने प्रक्रिया,  घटनाको बेलामा लागुहुने कोरीयाको कानुन नियम, आदिको बारेमा प्रस्ट पार्नु भएको थियो।एन.सी.सी.कोरीया, किम्हे माइग्रेण्ट हाउस, ख्यङसान नाम्द‍ो एन.आर.एन.,स्याङ्जा नेपाली समाज,याङसान नेपाली परिवार,कोरिया किम्हे- बुसान मगर संघ,नवलपरासी समाज लगायत बिभिन्न संघ- संस्थाका प्रतिनीधी साथै अत्याधिक रूपमा  नेपालीहरू उपस्थित भएको उक्त शोक सभामा मृतकहरू प्रती सबैले साहानोभुती र एकता देखाएको देखीन्थियो।

 

 

उपस्थित प्रत्येक संस्थाका प्रतिनिधीहरूले सम्झनाका शब्दहरू ब्यक्त गर्दै मुतक दोय राम सिंजालि र भिम सेन के.सी. को फोटामा फुलका गुच्छा चढाएका थिए भने अन्य उपस्थित सबैले फुल चढाउँदै मृत आत्माको शान्तीको कामना गरेका थिए।

किम्हे माइग्रेण्ट हाउसका अध्यक्ष यज्ञ राज सुवेदीको भनाइ अनुसार कोरियन यरलायन्सबाट जुलाइ १३ तारिक नेपाली समय अनुसार करिब १२:३० मध्यान्नमा शब नेपाल पुग्ने ब्यबस्था मिलाएको जानकारी दिनुभएको छ । किम्हे माइग्रेण्ट हाउसको खातामा जम्मा भएको रकम करिब १ करोड,६० लाख,३७ हजार १ सय वन नामावली सहित सबैका अघि सार्वजनिक पनि गरिएको थियो। यसै शोक सभामा घटनाका प्रत्यक्ष दर्शी समाज सेवी प्रकाश सुनारले घटनाको बारेमा थप जानकारी समेत दिएका थिए।

busank

त्यस्तै यही दिन वुसान एन.सी.सी, एन. आर.एन.लगायत बुसान बासीहरूले गरेको अर्को श्रद्धांजलि कार्यक्रममा पनी ठुलो संख्यामा नेपालीहरूको उपस्थिती रहेको थियो। वुसान एन.सी.सी को कोषाध्यक्ष, उपाध्यक्ष हुँदै सल्लाकार समेत भएर सक्रियरूपमा योगदान दिएका राम सिंजालीका बारेमा सबैले गहभरि आँसुपार्दै सम्झेका थिए भने दुवै मृतकको तस्विरमा फुलचढाइ श्रद्धांजलि दिएका थिए।

bu

करिव ४० लाख वनको हारा- हारीमा रकम संकलन भएको बुझिएको छ। मृतक राम सिंजाली विगतमा भएको बुउल्ख्यङ एन.आर.एनका भुतपुर्व उपाध्यक्ष पनी थिए।  किम्हे-बुसानमा श्रद्धांजलि कार्यक्रम गरेका आयोजकहरूले उठेको सहयोग रकम सबैको सल्लाह अनुसार प्रयोगमा गरिने, पारदर्शी बनाउने, मृतक र मृतक परिवारलाई न्याय दिने भन्दा अन्य विकल्प नरहने पनी जानकारी दिएका छन्। हाल कोरीयामा रहेका करिब ९० का हारा- हारीमा रहेका संस्थाहरूमा धेरै संस्थाहरू निधाइरहेको अबस्थामा देखीएपनी यी शोक- सभामा जति संघ- संस्था सक्रिय रहे, देखीए तिनीहरूको कार्यलाई भने  तारिफ योग्य मान्नैपर्छ ।

busanki

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...