Advertisement
SKIP THIS

नेपाल गोरखा परिवार कोरियाको एघारौं अधिवेशनबाट नवराज भट्टराई नेतृत्वको कार्यसमिति चयन ।


बोम्जन गुरुङ
२० सेप्टेम्बर २०२१, सउल कोरिया ।

नेपाल गोरखा परिवार दक्षिण कोरियाको आसन्न एघारौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आज सोमबार नवराज गुरुङको सभापतित्व र नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यकारी राजदूत रामसिंह थापाको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाको उपाध्यक्ष नवराज भट्टराईको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष नवराज गुरुङले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका कोषाध्यक्ष दीपक श्रेष्ठले प्रस्तुत गरेका थिए । “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनमा विशेष अतिथि र अतिथिहरुमा ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, प्रवासी मजदुर संघ (MTU) का अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष आस्था विन्दु मल्ल, संस्थाका सल्लाहहरु खड्ग थापा मगर, पूर्वाध्यक्ष तथा सल्लाहकार यदु लामिछाने, सल्लाहकार खेमराज देवकोटा लगायत कोरियास्थित क्षेत्रीय, राजनैतिक, जातीय, धार्मिक लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा संस्थाका पूर्वाध्यक्ष यदु लामिछानेको संयोजक, सदस्यहरु खड्ग थापा मगर र खेमराज देवकोटा संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशनबाट अध्यक्षमा नवराज भट्टराई, वरिष्ठ उपाध्यक्ष चिरन्जिवी पोखरेल, उपाध्यक्ष सुमन थापा, उपाध्यक्ष रुपेश थापा, सचिव बुद्धि प्रसाद नेपाल, सहसचिव सितल भट्टराई, कोषाध्यक्ष भोजराज खनाल, सहकोषाध्यक्ष कमला घले श्रेष्ठ र सदस्यहरुमा युगराज अमगाँई, प्रेमप्रसाद पोखरेल, मुकेश सेन्चुरी, सबिन गुरुङ, रमेश थापा मगर, राम खनाल, अनिल भट्टराई सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा केशर राना मगरको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव बुद्धि प्रसाद नेपालले गरेका थिए । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशन ऐतिहासिक अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनु हुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...