Advertisement
SKIP THIS

एनआरएन कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितीका अध्यक्ष दिवंगत मदन भुजेलको श्रद्धाञ्जलीसभा सम्पन्न


एनआरएनए दक्षिण कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितिको अध्यक्ष दिवंगत मदन भुजेलको आइतबार जुम मार्फत श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ । एनआरएन क्षेत्रिय समिति र थेजन नेपाली समाजद्धारा संयुक्तरुपमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा एनआरएनका पदाधिकारी, थेजन नेपाली समाजका पदाधिकारीहरु, नेपाल तथा कोरियामै रहेका भुजेलका परिवार र थेजन वरीपरीका नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालबाट मदन भुजेलका आमा र पत्निले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा पत्नि सम्झना भुजेलले श्रीमानको सम्झनामा भक्कानिदै अधुरै रहेको पतिको सपनालाई पुरा गर्ने परिवारको प्रयत्न रहने वाचा गर्दै पतिको शबलाई नेपालसम्म पुराउन सहयोग गर्नुहुने कोरियाबासी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरीन ।

त्यसैगरी कोरियामै रहेका मदनका भाई प्रेम भुजेल र ओम भक्त भुजेलले दाई मदनको अचानक निधनले निम्ताएको शोक र अन्योलमा रुमलिएको बेला शबको व्यवस्थापन र शब नेपाल पठाउदा गरिने प्रक्रृयामा नेपाल राजदूताबास, एनआरएन पदाधीकारी, कम्पनीका सहकर्मी, थेजनबासी नेपाली समुदाय तथा आर्थिक सहयोग गर्ने सम्पुर्ण कोरियाबासीहरुमा हार्दिक धन्यवाद दिएका थिए ।

एनआरएन क्षेत्रिय समितीका बरिष्ठ उपाध्यक्ष चित्रराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन कोरियाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष संजीव राई, केन्द्रि सदस्य रमेश थापा मगर , माझन एफसीका किरण केसी, कम्पनीमा संगै कामगर्ने सहकर्मी तथा एनआरएन थेजन क्षेत्रिय समितिका सदस्य आशिष गुरुइ०, थेजन नेपाली समाजका वर्तमान अध्यक्ष राम खनाल , पूर्व अध्यक्षद्धय जीपी बास्तोला र गजेन्द्र दाहाल लगायतले शोक मनतब्य राख्दै मदनको व्यक्तित्व र कार्यको सम्झना गरेका थिए ।

मदन भुजेलको गत जुलाई ७ तारिख अचानक हृदयघातको कारण निधन भएको थियो । भुजेलको पार्थिव शरीरलाई नेपाल पठाउन आर्थिक सहयोग गर्ने हेतुले जुलाई ३१ देखि अगष्ट ७ तारिखसम्म आर्थिक सहयोग अभियान संचालन गरिएको थियो । सोही अभियानबाट संकलन भएको जम्मा रकम ५४ लाख ८४ हजार ४९९ कोरियन वन कोरियामै रहेका मदनका कन्दा भाई प्रेम भुजेलको बैकं खातामा पठाएको अभियानका संयोजक रमेश थापाले जानकारी दिए ।

अगष्ठ ७ तारिख सिंगापुर विमानमा मृतक मदनको पार्थिब शरीरलाई नेपाल पठाएको थियो । सिंगापुर ट्रान्जिट हुदै ८ तारिख नेपाल पुगेको थियो । मृतक मदनको जन्म स्थान खोटाडको गाउमा परम्पराग अन्त्येष्टी कार्यक्रम सम्पन्न गरिएको परीवारले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...