Advertisement
SKIP THIS

कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर


इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन गरी कोरिया प्रवेश गराउन संम्बन्धीत ठाउँमा विभिन्न दवाब मुलक कार्यक्रम गर्दै आएका थिए । लामो समयदेखि संघर्षमा रहेका उनीहरुलाई हाल आएर आशावादी बनाउदै केही राहत मिलेको छ ।

पटक पटकको पहलपछि कोरियन सरकारले केही दिन अघि तीन सर्त राखी सो सर्त पुरा गर्न सके कोरिया ल्याउने जानकारी दिएका थिए । करिब पाँच हजार डलर बराबरको कोरोना विमा गर्नुपर्ने, कोरिया भित्रिएपछि १४ दिनको क्वारेन्टाइनको खर्च र काठाण्डौबाट सउल सिधा हवाई उडानको खर्च कामदार स्वयमले व्यहोर्नुपर्ने सर्त राखेका थिए ।

सर्त अनुसार नेपाल सरकार इपिएस शाखा कार्यलयले कोरोना विमाको लागि सूचना जारी गर्दै नेपालका ६ वटा विमा कम्पनीहरुको नामवली सार्वजनिक गरेको छ । जसमा अजोड इन्स्युरेन्स लिमिटेड, प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लि., शिहर इन्स्युरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्युरेन्स कम्पनी लि., प्रभु इन्स्युरेन्स लि., आइएमई जनरल इन्स्युरेन्स लि. रहेका छन् । सूचनामा रोजगार अनुमति प्रणाली इपिएस संचालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने कामदारहरुको कोरिया पुगेको मितीबाट १४ दिनसम्मको लागि ५ हजार डलर बराबरको कोरोना विमा गराउनु पर्ने उल्लेख गरिएको छ ।

सर्त पुरा गर्नको लागि इपिएस संघर्ष समितीले हामी सबै सर्त पुरा गर्न तयार रहेको जानकारी सहित प्रतिबद्धता जनाउनको लागि नेपालको विभिन्न ठाउबाट हस्ताक्षर संकलन गरी ३३ सय ८७ जनाको हस्ताक्षर नेपाल सरकारको बैदेशिक रोजगार विभागलाई बुझाएको छ ।

नेपाली कामदार कोरिया पठाउन प्रकृयागतरुपमा रहेका इपिएस शाखाले बुधबार मात्रै काठमाण्डौबाट सिधै सउल उडान भर्न सक्ने विमानको लागि टेण्डर आवहान गरेको छ । हाल कोरोनाको महामारीका कारण हवाई सेवा सहज नभइरहेको बेला जति परेपनि विमानको टिकट शुल्क कामदार आफैले तिर्न तयार रहेका छन् । कोरोना सुरक्षाको सम्पुर्ण प्रावधान अपनाएर जस्तै सर्त पनि पुरा गरी कोरिया जान आतुर रहेका नेपालका इपिएस पीडितहरुको लागि यो थप खुशीको खबर छाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...