Advertisement
SKIP THIS

ज्ञानेन्द्र गुरुङ (सोजु)को “पहिलो गुरुङ हिपअप-र्याप गीत सार्वजनिक”


एक दशक लामो कोरिया बसाईमा कम्पनीमा कामपछिको फुर्सदको समयलाई सदुपयोग गर्दै कोरियास्थित नेपाली समुदायमा पहिलो पटक “डान्स-पार्टी” आयोजना गरि ट्रेन्ड बसाएका (एन्-पृक) समुहका संस्थापक ज्ञानेन्द्र गुरुङ (सोजु) ले इतिहासमै “पहिलो गुरुङ हिपअप-र्याप गीत सार्वजानिक” गरेका छन् ।

 

लमजुङ जिल्लाको १२ थर हिले गाउँमा जन्मिएर हाल काठमाडाैं बसोबास गरिरहेका गुरुङ गत साल वि.सं. २०७७ मा मातृभुमि नेपाल फर्कनासाथ लकडाउनको चपेटामा परेपछि फुर्सदको समयलाई सदुपयोग गर्दै गुरुङ चलचित्र “बारा-पोखरी” को कथा लेखेका थिए । लकडाउन खुकुलो हुनसाथ छायांकन देखि सम्पूर्ण काम सकिएर नयाँ बर्ष २०७८ बाट सो चलचित्र रिलिज गर्ने तयारीमा रहेको तर नयाँ बर्ष सँगसँगै कोभिड-१९ को दोश्रो लहर देखिएपछि गुरुङ चलचित्र “बारा-पोखरी” को प्रदर्शन पनि स्थगित गरिएको र कोरोना महामारी छिट्टै हराएर गएपछि चलचित्र “बारा-पोखरी” हेर्ने अवसर पनि छिट्टै प्रदर्शनमा आउने गुरुङले प्रष्ठयाए ।

नयाँ पुस्ताका युवाले अब आफ्नो तमु (गुरुङ) जातिको भाषा, संस्कृतिप्रति लगाव राख्नुपर्छ, बुझ्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने हेतुले यस पटकको दोश्रो लकडाउनलाई सदुपयोग गर्दै छोटो समयमा पहिलो गुरुङ भाषाको र्याप गीत आफ्नो यु-ट्यूब च्यानल TAMUNITY मार्फत सार्वजानिक गरेका छन् । पश्चिमी जगतबाट शुरु भएको उक्त हिप-अप र्याप गीत तमु भाषामा प्रस्तुत गरिएको र गीतको भिडियो सूट पनि आफ्नै गाउँ लमजुङमा गरिएको छ । हिपहप र्याप भन्ने बित्तिक‌ै अलि नराम्रो युवाहरुको जमात हो भनेर बुझ्ने नेपाली समाजभित्रको तमु समाजले कसरी मुल्यांकन गर्नेछन् भन्नलाई हेर्नलाई अझ बाँकी नै छ भने रिलिज गरेको २४ घण्टा नबित्दै १३ हजार भन्दा धेरै दर्शकले हेरिसकेको उक्त म्युजिक भिडियोमा ९०% सकरात्मक प्रतिक्रिया आईसकेको छ ।

[भिडियो हेर्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोला ।] https://youtu.be/zdvzq1ZYmuY

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...