खेम पुनको अर्को सॉङ्गितिक बिष्फोटन ‘जाली रैछौ निरमाया’

यात्राको लागि दुरी र पाईला संगै आउदछ। लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्र्दै गर्दा खेम पुन सहितको एउटा संसक्त टीमले फेरी अर्को गीत लिएर आएका छन्। लोक दोहोरीको ईतिहासमा अर्को नाम थपिएको छ ‘जाली रैछौ निरमाया’। पछिल्लो समय गीत संगीतमा छुट्टै स्थान जमाउदै लोक दोहोरी गीतले धेरै छर्लागं मारिसकेको छ।त्यसै क्रममा बिशुद्द र मौलिक गीतहरूको हुलमा मिसिएको छ ‘जाली रैछौ निरमाया’ । जुन गीतको उत्कृष्ट शब्द प्रकास गिरीले कोरेका छन भने लय गायक तथा सर्जक खेम पुनको रहेको छ। अमेरिकाको ब्यस्त समयको बाबजुद पनि यस अघि बाग्लुग बजार डुलाम डुलाम भो ,पन्चे बाजा,पानपाते ठुली,एे परदेशी फर्की आऊँ,बैस ढल्काएर गयौ, लैदे खबर चरी,कॉचको कचौरा,पोखरा जस्ता २ दर्जन जत्ति मार्मिक अनि चर्चित गीतहरूको सृजना गरि सकेका खेम पुनले यो पाली पनि उस्तै मेहनतले मिठो लय भरेका छन।खेम पुन र प्रकाश गिरीको प्रस्तुतिमा रहेको गीतमा जुना श्रीस मगरले खेमलाई साथ दिएकी छिन् ।दुबै जनाको निकै उत्कृष्ट स्वरले गीतलाई खास गीत बनाएको छ। पछिल्लो समय यसरी लोक दोहोरीले नेपाली बजारमा राम्रो स्थान पाउनु आफैमा सुखद पक्ष हो।
एउटा राम्रो टीमको सहयात्राले जन्माएको गीतमा चर्चित कलाकारहरूको अनुहार देख्न पाईन्छ त्यसैले पनि गीतले सफलता पाउने छ भन्नेमा खेेम पुन ढुक्क छन।बिनोद भण्डारी र अन्जली अधिकारीको अभिनय रहेको गीतको निर्देशन बिनोद भण्डारीले गरेका छन।गीत गायक खेम पुनको आफ्नै यू ट्यूब चयानलबाट सार्वजनिक भएको छ।अहिलेलाई जाली रैछौ निरमायाका सम्पूर्ण टीमलाई सफलताको शुभकामना।लिंक तल हेर्नु होला।