Advertisement
SKIP THIS

“पाँच स” दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, प्रेमराज अधिकारीको नेतृत्वमा कार्यसमिति चयन ।


“पाँच स” दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, प्रेमराज अधिकारीको नेतृत्वमा कार्यसमिति चयन ।

बोम्जन गुरुङ, सउल कोरिया ।

सनातन साहित्य संगीत साधना समूह “पाँच स” दक्षिण कोरियाले सर्वसम्मत प्रेमराज अधिकारीको अध्यक्षता रहने गरि १५ सदस्यीय कार्यसमिति चयन गर्दै यही ०६ डिसेम्बर आइतबार संस्थाको चौथो अधिवेशन तथा टिकटक प्रतियोगिता २०२० का विजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

महामारी कोरोनाको जोखिमका कारण भर्चुअल जूम अनलाइन मार्फत आयोजना उक्त कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत रामसिंह थापा ज्यूको प्रमुख आतिथ्यता, विशेष अतिथिको रुपमा नेपालबाट वाचन प्रविण दीनबन्धु पोख्रेल, अतिथिहरुमा नेपाल कोरिया पर्यटन बोर्डका संयोजक केपी सिटौला, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रञ्जन राज कुँवर, एनसीसी कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, एनआरएनए कोरियाका उपाध्यक्ष यदु लामिछाने, “पाँच स” संस्थापक अध्यक्ष यम सापकोटा लगायतका वक्ताहरुले आफ्नो धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत सिंहले “पाँच स” दक्षिण कोरियाले परदेशी भूमिमा नेपाली साहित्य तथा संगीतको क्षेत्रमा श्रीवृद्धिको लागि खेलेको भूमिकाका लागि धन्यवाद तथा प्रशंसा गर्नुभयो । आध्यात्मिक, कला, स॔गीत र साहित्यविच अन्योन्याश्रित सम्वन्ध र यसको महत्व बारे बोल्दै आध्यात्मिकताको आदर्श स्वर्गीय संसारमा रुपान्तरण गर्ने कुरामा प्रकाश पार्नुभयो । “पाँच स” को पहिचान मात्रले मानव मनमा भएको कुण्ठा, आसुरीपन, लत लम्पट जस्ता नकारात्मक तत्वहरुबाट मुक्ति पाउन ठुलो मद्धत हुने कुरा व्यक्त गर्दै दुतावासको तर्फबाट सधै “पाँच स” प्रति सद्भाव रहने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वोल्दै वाचन प्रविण दिनबन्धु पोख्रेलले साहित्य र संगीत विनाको मानिस सिङ र पुच्छर नभएको गधा जस्तै हो र पूर्वीय वैदिक दर्शन ज्ञानको भण्डार हो भने पश्चिमा साहित्य अर्थसँग मात्र जोडिएको भन्दै हाम्रो पूर्वीय मौलिकतालाई विश्वमा चिनाउन अनवरत रूपमा लागेकोमा हार्दिक सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना दिने क्रममा सवै वक्ताहरुले परदेशी भूमीमा रहेर आफ्नो मौलिकता जोगाउन र आफ्नो परिचय विश्वसामु चिनाउन लागिपरेको परिप्रेक्ष्यमा “पाँच स” दक्षिण कोरियाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

अनलाइन जुम मार्फत गरिएको सो कार्यक्रममा सामूहिक वैदिक स्वस्ती मन्त्रोच्चारण सहित कार्यक्रमको आरम्भ गरिएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष लोकराज न्यौपाने ज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष महेश कोइरालाले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रमुख संरक्षक एकराज दाहालले संस्थाको अवधारणाहरू प्रष्ट पार्नुभएको थियो । “पाँच स” ले आयोजना गरेको राष्ट्रप्रेम, देशभक्तिले भरिएको टिकटक प्रतियोगिता २०२० को नतिजा सार्वजनिक गर्दै प्रथम, द्वित्तिय र तृतीय स्थान हासिल गर्न सफल सिनिज थापा मगर, अर्जुन बिरकट्टा मगर अर्जुन अर्यालले ट्रफी प्रमाण सहित क्रमशः १५०,०००/- वोन, १००,०००/- वोन र ५०,०००/- वोन प्राप्त गर्ने भएका छन् । साथै उत्कृष्ट घोषित हुँदै शोभा थापाले ३०,०००/- वोन सहित ट्रफी र प्रमाणपत्र आफ्नो पोल्टामा पारिन् । पुरस्कार छिटै उपलब्ध गराइने जानकारी आयोजकले गरेको छ । सय जनाभन्दा बढी सहभागी सो कार्यक्रममा मूख्य जुम सञ्चालकको भूमिकामा उत्सव खड्का रहनुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रेमराज अधिकारीले गर्नुभएको थियो । “पाँच स” को चौथो अधिवेशनमा निम्नानुसारको कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।

प्रमुख संरक्षक एकराज दाहाल

संरक्षक लोकराज न्यौपाने

अध्यक्ष प्रेमराज अधिकारी

उपाध्यक्ष गुरुदत्त न्यौपाने

उपाध्यक्ष कमल भण्डारी

उपाध्यक्ष दयाराम शर्मा (मोहित आर्य)

महासचिव श्याम अर्याल

सचिव जीवन अर्याल

सचिव सागर रेग्मी

कोषाध्यक्ष नरेश मेहता

सह कोषाध्यक्ष विष्णु गौतम

सदस्य प्रेम रोयल ठकुरी

सदस्य रमेश राज अधिकारी

सदस्य दीपक खत्री

सदस्य प्रितीजा बिसुंखे

सदस्य महेन्द्र सापकोटा

सदस्य (पूर्ति गर्न बाँकी)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...