Advertisement
SKIP THIS

कोरियास्थित नेपाली जनसम्पर्क समितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।


१५ नोभेम्बर २०२०

नेपाली जनसम्पर्क समिति दक्षिण काेरियाले दिपावली नेपाल संवत् एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न देशबाट नेपाली काँग्रेससँग आस्थावान् तथा जनसम्पर्क समितिसँग आबद्ध व्यक्तिहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो । शुभकामना आदानप्रदान तथा भर्चुअल भेटघाट गर्ने उद्धेश्यले गरिएको उक्त कार्यक्रममा काँग्रेसकाे राजनीतिक विषयमा पनि सहभागीहरु विच छलफल भएको हो ।

नेपाली जनसम्पर्क समिति काेरियाकी सभापति आस्था बिन्दु मल्लकाे सभापतित्व, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व राज्य मन्त्री सीता गुरूङकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त भर्चुअल कार्यक्रम शुभकामनासँगै अन्तरक्रिया पनि भएको थियो । कार्यक्रममा पार्टी भित्र समूह र प्रतिस्पर्धा रहेता पनि सिद्धान्त, निति र कार्यदिशामा एकरुपता भएको दावी गर्दै समस्याको जड आन्तरिक व्यवस्थापन नै रहेको कुरा प्रमुख अतिथि र विशिष्ट अतिथि क्रमशः नेताद्धय लेखक र गुरुङले स्पष्ट पारेका थिए । दुवैले पार्टीलाई सबल बनाउन अबको विकल्प भनेको उचित रुपमा आन्तरिक व्यवस्थापन र सहमतिय ढङ्गले अगाडि बढ्नु रहेको उल्लेख गरे ।

पुर्व श्रम तथा यातायात व्यवस्थामन्त्री समेत रहेका नेता लेखकले कमिटेड वर्कर लाई कोरिया आफ्नो कार्यमा आउन अहिलेसम्म सरकारले कुनै व्यवस्था नगरिरहेको अवस्थामा आफुले उनिहरुको विषयमा गम्भीरताका साथ पहल गर्ने उद्घोष गरे । त्यस्तै विशिष्ट अतिथि नेतृ सीता गुरुङ र प्रमुख अतिथि रमेश लेखकले सरकार जनताको स्वास्थ सरोकारको विषयमा कुनै ब्यवस्थापन गर्न नसकेको र स्वास्थ जस्तो महत्त्वपूर्ण विषयमा गम्भीर नभई पद र शक्तिको आहलमा डुबेको समेत उल्लेख गरे । कार्यक्रममा बोल्दै महामन्त्री र सभापतिले जनसम्पर्क समितिको अधिबेशनको सन्दर्भमा कार्यसमिति अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै अधिवेशनको सन्दर्भमा स्वयं समिति नै आतुर रहेको हुँदा कुनै आशंका नगर्न अनुरोध गरेका थिए । साथै अहिले प्रवासमा पनि कोभिडबाट सुरक्षित हुदै चुनौतीका विच अघि बढ्नु परेको हुनाले यसको प्रभावलाई समेत ख्याल गरि उचित समयमा अधिवेशन सम्पन्न हुने कुरामा विश्वस्त रहन सबैलाईअनुरोध समेत गरिएको थियो ।

जनसम्पर्क समिति काेरियाका उपसभापति एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि जितेन्द्र महताकाे स्वागत मन्तव्यबाट सुरूवात भएको कार्यक्रममा पुर्व सभापति एवं महासमिति सदस्य नवराज शिवाकोटी, सल्लाहकार अग्नि काेइराला, गैर आवासीय नेपाली संघ काेरिया उपाध्यक्ष यदु लामिछाने , क्यानडाका उपसभापति डाक्टर जितु उपाध्याय लगायतले शुभकामना सहित आफ्नो मन्तव्य राखेका थिए भने महामन्त्री कुमार थापाले कार्यक्रमकाे संचालन गरेका थिए । जनसम्पर्क समिति दक्षिण काेरियाका प्रवक्ता सिताराम तिमल्सिना र सह महामन्त्री मित्रबन्धु काफ्लेले व्यवस्थापन सहजीकरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...