Advertisement
SKIP THIS

क्रीयटिभ एम्बीशन नेपाललाई राहत रकम हस्तान्तरण


रोशन राई

सोल-गत बैशाख १२ र २९ गतेको महाभुकम्पमा परी पीडित भएकाहरुको लागी राहत स्वरुप कोरियाको किम्पोमा उठाईएको राहत रकम क्रीयटिभ एम्बिशन नेपाल (क्यान्) दक्षिण कोरियालाई आईतबार हस्तान्तरण गरिएको छ ।

 

किम्पोस्थित क्रीयटिभ एम्बिशन नेपाल र किम्पो वेगुगिन सेन्टरको संयुक्त पहलमा नेपालका भुकम्प पीडितहरुको सहयोगार्थ संकलन गरिएको रकम आईतबार किम्पो स्थित जुमिन सेन्टरमा आयोजित एक बिशेष कार्यक्रमका बिच सेन्टरका निर्देशकले क्यान अध्यक्ष रोहित गुरुङलाई हस्तान्तरण गरेका हुन |

 

क्रीयटिभ एम्बिशन नेपालले यो भन्दा पहिले आफ्नो सदस्यहरुबाट संकलन गरेको रकम एक लाख पचास हजार रुपैयाँ भुकम्प प्रभावित जिल्ला रसुवाको डाँडागाउँ उच्च माध्यमिक बिधालय मा भुकम्प पीडित बिधार्थीहरुको लागी शैक्षिक सामग्री राहत कोषको लागी सहयोग गरिसकेको छ ।

 

क्रीयटिभ एम्बिशन नेपालले उक्त आईतबार हस्तान्तरित रकम भुकम्प प्रभावित गोरखा जिल्लाको दुई बिधालयलाई शैक्षिक सामग्री राहत स्वरुप सहयोग गर्ने फोनिजसँग कुरा गर्दै क्यान अध्यक्ष रोहित गुरुङले जानकारी दिए ।

 

यस संस्थाले यो भन्दा अघी किम्पो जुमिन सेन्टरमा अप्रिल २५ तारिकको दिन नेपाली पुस्तकालय समेत स्थापना गरेको छ । त्यस्तै यस संस्थाले ओखल ढुङ्गा सेवा समाज सँगको सहकार्यमा भुकम्प पीडितहरुको लागी राहत स्वरुप यो जुलाई १९ तारिक आइतबार चलचित्र “रेशम फिलिली” पनि प्रदर्शन गर्ने भएको हुँदा उक्त चलचित्र हेर्नको लागी कोरियामा भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागी क्रीयटिभ एम्बिशन नेपालका अध्यक्ष रोहित गुरुङले सबैलाई अनुरोध गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...