कोरियाको बुसानमा भब्यताका साथ मनाए २६ औ विश्व आदिवासी दिवस, बुसान शाखाको अध्यक्षमा रण तामाङ


आदिवासी जनजाती महासंघ बुसान शाखाले आयोजना गरिएको २६ औ विश्व आदिवासी जनजाती दिवस तथा संस्थाको तेस्रो साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । यसै सभाको बन्द सत्रबाट रिक्त रहेको अध्यक्ष पदमा वर्तमान कार्यवाहक अध्यक्ष रण तामाङलाई नै अध्यक्षको जिम्मेवारी समेत दिएको छ ।

ख्यङसाङनाम्दो किम्हे शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आइतबार( ९ अगष्ट) भएको उक्त कार्यक्रमको खुल्ला सत्र आदिवासी जनजाती महासंघ केन्द्र, दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पाको प्रमुख अतिथ्यामा भएको थियो । त्यस्तै विशेष अतिथिहरुमा एन.आर.एन.ए कोरियाका उपाध्यक्ष सन्जिव राई, तामाङ समाज ख्यङसाङ, मगर संघ किम्हे बुसान शाखा, किरात राई यायोक्खा बुसान शाखा, किरात याक्थुङ चुम्लुङ बुसान शाखा र तमु धिं ख्यङसाङनाम्दो शाखाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । साथै बुसान क्षेत्रमा रहेका क्षेत्रीय संघ सस्थाको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रमको क्रममा महासंघ दक्षिणकोरियाका अध्यक्ष युगेल तेण्डुप शेर्पाले शुभकामना मन्तव्य राख्ने क्रममा आदिवासी जनजाती महासंघ भनेको एउटा जातिय द्वन्दको मात्र कुरा नभई नेपाली नेपाली बिच एक सुमधुर सम्बन्ध तथा एकले अर्कालाई सहयोगको भावना राख्ने एक संघ रहेको जानकारी गरेका थिए ।

उक्त कार्यक्रम खुल्ला सत्र र बन्द सत्र गरि दुई भागमा बिभाजन गरेर गरिएको थियो । जसमा खुल्ला सत्र तर्फ २६ औ विश्व आदिवासी जनजाती दिवस र तेस्रो वार्षिक साधारण सभा सम्बन्धी शुभाकमना मन्तव्य थियो भने बन्द सत्र तर्फ रिक्त पदहरुमा (अध्यक्ष,व.उपाध्यक्ष, उपाध्यक्ष,सचिव,सहकोषाध्यक्ष र सदस्यहरु)पदुपर्ति तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 

पदपूर्ति पश्चात् महासंघ बुसान शाखाको कार्यसमितिमा अध्यक्षमा रण तामाङ सहित, वरिष्ठ उपाध्यक्षमा परी गुरुङ, उपाध्यक्षहरुमा निमा शेर्पा, सानु राज मगर र तेजु गुरुङ रहेका छन् । त्यसैगरी महासचिवम राम तामाङ, सचिवमा सन्जोग कन्दङ्वा र विक्रम मगर, कोषाध्यक्षमा राज तामाङ, सहकोषाध्यक्षमा शिव थारु, सदस्यहरुमा गीता सिं गरुङ रचित्र तामाङ रहेको छ ।

हाल निर्वाचित नयाँ कार्यसमितिमा सम्पुर्ण जनजाती लाई समान सहभगिता गर्ने उद्देश्यका साथ थारु र शेर्पा समुदाय लाई पनि समेटिएको र नवनिर्वाचित नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए । साथै ख्यङ्साङ क्षेत्रमा रहेको क्रियासिल सम्पूर्ण संघ संस्थाहरुसङ्ग हातेमालो र सहकार्य गर्दै अगाडी बड्ने बताएका छन् ।

कार्यक्रम संस्थाको महासचिव राम तामङ तथा सचिव सन्जोग कन्दङ्वाले संचालन गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...