गायक सुर्य रुम्बाको “दुइ शब्द” सार्वजनिक (भिडियो)

विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुर्य रुम्बाको “दुई शब्द” बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहितको उक्त गीत गायकको आफ्नै रुम्ब टीभी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।
भिडियोमा चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामाले अभिनय गरेको छ । गीतमा गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ ।
भिडियोलाई बिशाल राज राईले निर्देशन, राम कुमार के सि ले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।
उक्त भिडियोमा चर्चित निर्देशक एंव मोडल हेरुका लामा र निराञ्जली लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
गायक रुम्बा हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामै रहेको छ ।
हेर्नुस् भिडियो